Silly Pho

Feature Film DramaJul 15, 2022Hall Release

News

‘सम्झना बिर्सना’ र ‘सिल्ली फो’ प्रदर्शन

लेन्सनेपाल २०७९ आषाढ ३१
‘सम्झना बिर्सना’ र ‘सिल्ली फो’ प्रदर्शन

शुक्रबारबाट दुई चलचित्र चलचित्र ‘सम्झना बिर्सना’ र ‘सिल्ली फो’ प्रदर्शन भएका छन् । सम्झना बिर्सनालाई निमेष प्रधानले निर्देशन गरेका हुन् भने सिल्ली फो लाई राजबहादुर सानेले निर्देशन गरेका हुन् ।

दुवै चलचित्रले मल्टीप्लेक्समा उल्लेख्य शो पाउन सकेका छैनन् । सिंगल थियटरमा भने दुबै चलचित्रले राम्रै हल पाएका छन् ।  

‘सम्झना बिर्सना’ले चिया बगानका मजदुरका समस्यालाई चित्रण गर्न खोजेको छ । दार्जिलिङ, सिलगुढी, सिक्किमलगायतका स्थानमा छायाँकन गरिएको चलचित्रलाई अद्वितीय प्रधानको प्रस्तुतिमा रेविका प्रधानले निर्माण गरेका हुन् भने सुवास भुर्तेल कार्यकारी निर्माता हुन् ।

आदित्य फिल्म्स्को प्रस्तुति रहेको चलचित्र शिव ढकालले खिचेका हुन भने सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन् । चलचित्रका गीतमा अर्जुन पोखरेल, राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ ।

यस्तै चलचित्र ‘सिल्ली फो’ कमेडी जनरामा बनेको चलचित्र हो । चलचित्रमा केकी अधिकारी, रविन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, रमेश बजगाईँ, धिरेन शाक्य लगायतको अभिनय छ ।

मनोज डिके निर्माता रहेको चलचित्रमा विशाल श्रेष्ठ सह(निर्माता छन् । चलचित्रमा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको, छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर र मदन बास्तोलाको भीएफएक्स छ ।