Shuva Love

Feature Film Love StoryMar 29, 2019Hall Release

News

‘शुभलभ’को ट्रेलर सार्वजनिक, ज्योतिषीकै भुमिकामा ज्योतिषी अधिकारी

लेन्सनेपाल २०७५ फागुन १४
‘शुभलभ’को ट्रेलर सार्वजनिक, ज्योतिषीकै भुमिकामा ज्योतिषी अधिकारी

चलचित्र ‘शुभलभ’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार भिडियो साझेदरी सञ्जाल युट्युबबाट चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । लभ स्टोरी जनराको चलचित्रबाट हरिहर अधिकारी र कृष्टिन पौडेलले अभिनयमा डेव्यु गरेका छन् । ट्रेलरमा दुवैलाई केन्द्रमा राखिएको छ । वास्तबिक जीवनमा समेत ज्योतिषी रहेका हरिहर चलचित्रमा पनि ज्योतिषीकै भुमिकामा छन् ।

बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । धर्मराज शर्मा सुवेदीको लगानी रहेको चलचिका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । आफु लामो समय पश्चात चलचित्र निर्माण तथा निर्देशनमा फर्किएकाले पनि ‘शुभलभ’लाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नछाडेको निर्देशक लोहनीको भनाई छ ।

‘शुभलभ’मा हरिहर र कृष्टिनको अलवा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, डाक्टर सुर्या थापा, अनुज पाण्डेलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व र बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।