Shuva Love

Feature Film Love StoryMar 29, 2019Hall Release

News

‘शुभ लभ’ कतैबाट प्रभावित छैन – सन्तोष लोहनी, निर्देशक

लेन्सनेपाल २०७५ चैत्र १५
‘शुभ लभ’ कतैबाट प्रभावित छैन – सन्तोष लोहनी, निर्देशक

भनिन्छ १२ वर्षमा खोलो पनि फर्कन्छ । सन्तोष लोहनीका लागि १२ वर्ष त कुर्नु परेन, उनी ११ वर्ष पछि उनी चलचित्र क्षेत्रमा फर्किए । यसअघि चलचित्र नारी बनाएका सन्तोष निर्देशित चलचित्र ‘शुभ लभ’ शुक्रबारबाट प्रदर्शनमा आएको छ ।

उनी यो बिचमा लामो समय विदेशमा बसे । व्यापार व्यवसाय गरे । व्यापारकै क्रममा अर्का निर्माता धर्म सुबेदीसँग उनको पाट्नरसिप थियो । धर्मले चलचित्र बनाउने इच्छा राखे । अन्य पेशमा भएपनि सन्तोषमा चलचित्रको मोह घटेको थिएन । चलचित्र क्षेत्रका गतिबिधि बारे जानकार नै थिए । बिस्तारै चलचित्रको माहौला राम्रो भइरहेको थियो । धर्म र उनी मिलेर चलचित्र बनाउने भए । त्यसका लागि सन्तोषले केही समय अहिलेको ट्रेण्डलाई अध्ययन गरे । एक भेटमा हरिहर अधिकारीले एउटा कथा सुनाए । कथा मन पर्यो । चलचित्र बनाउने भए । अभिनेताका रुपमा हरिहरलाई नै खेलाउने पक्का भयो ।

चलचित्र निर्माणको समयमा चलचित्रको व्यवसाय राम्रो भइरहेको थियो तर, अहिले नेपाली चलचित्रको व्यापार डामाडोल छ । यद्यपी उनी हरेस खानेवाला छैनन् । ‘शुभ लभ’को व्यापार जे होला उनी लगातार ३ चलचित्र निर्माणको योजना बुनेर फर्केका हुन । यद्यपी चलचित्र चल्छ अनि दर्शकले पनि मन पराउनु हुन्छ भन्ने विश्वास पनि छ ।

‘शुभ लभ’को कथा हरिहरले सुनाउँदै गर्दा सन्तोषले त्यसमा उनैलाई देखे । अर्को कलाकार त्यो पात्रमा फिट हुँदैन भन्ने लाग्यो उनलाई । चलचित्रको कथा पनि ज्योतिषीकै छ, त्यसैले सन्तोषले उनले न्याय गर्न सक्छन् भन्ने विश्वास राखे । यद्यपी उनलाई हरिहर सेलिब्रेटी ज्योतिषी हुन भन्ने कुरा थाहा रहेनछ । चलचित्र प्रमोशनका क्रममा मात्र उनले हरिहरको क्रेज महशुस गरेको बताउँछन् । उनलाई आजकल हरिहर सेलिब्रेटी भन्दा पनि हिट लाग्न थालेको छ ।

आफ्नो चलचित्रको कथा निकै फ्रेस भएको उनको भनाई छ । विल्कुल नयाँ कथामा चलचित्र बनाए पनि कहि कतै मिल्न सक्ला तर, आफु कतैबाट पनि प्रभावित नभएको उनको दाबी छ । ११ वर्ष अघि चलचित्र बनाउँदा र अहिलेको माहौल फरक छ । सन्तोषले चलचित्र निर्माण अघि ८–९ महिना अघि देखि अहिलेका चलचित्रहरुको अध्ययन गर्न थालेछन् । मार्केट बुझेछन्, ट्रेण्ड बुझेछन् । आफु जब तयार भए त्यसपछि मात्र चलचित्र निर्माणको औपचारिक काम थालेछन् ।

हरिहर मात्र होइन अभिनेत्री कृष्टिन पौडेलको पनि यो डेव्यु चलचित्र हो । शुरुका २–३ दिन उनीहरुलाई काम गराउन केही असहज भएको उनको भनाई छ । तर, काम गर्दै जाँदा तेस्रो दिन पछि भने दुबै कलाकारले निकै राम्रो काम गरेको उनी बताउँछन् । उनलाई त काम गर्दै जाँदा यि कलाकार नयाँ जस्तो लागेन रे । प्रोफेसनल कलाकारको भन्दा उनीहरुको काम कमजोर नभएको सन्तोषको भनाई छ ।

चलचित्र निर्देशकको अभिव्यक्तिको माध्यम हो । सन्तोषले हरिहरले सोचेको कथालाई मूर्त रुपमा दिएको जनाउँछन् । चलचित्रमा थुप्रै कमी कमजोरी भएको स्वीकार्दै उनले समग्रमा ‘शुभ लभ’ राम्रो चलचित्र बनेको बताउँछन् । व्यापार के होला थाहा छैन, तर सृजनात्मक रुपमा उत्कृष्ट प्रतिक्रिया पाउनेमा विश्वस्त छन् ।