Shuva Love

Feature Film Love StoryMar 29, 2019Hall Release

News

‘साइली’को प्रियिमर, ‘शुभ लभ’को प्रेस शो सम्पन्न

लेन्सनेपाल २०७५ चैत्र १५
‘साइली’को प्रियिमर, ‘शुभ लभ’को प्रेस शो सम्पन्न

आजबाट दुई चलचित्र प्रदर्शनमा आएका छन् । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘साइली’ र सन्तोस बाबु लोहनी निर्देशित चलचित्र ‘शुभ लभ’ ।

कुरा ‘साइली’बाट शुरु गरौं । गरिबीले निम्त्याएको पिडा बोल्ने चलचित्र साइलीमा गौरब पहारी, मेनुका प्रधान, दयाहाङ्ग राई, माओत्सो गुरुङ, प्रकाश अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । रिलिजको पूर्व सन्ध्यामा यो चलचित्रको प्रिमियर गरिएको थियो । जहाँ चलचित्र क्षेत्रका चर्चित अनुहार देखि मिडियाकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रिमियरमा चलचित्रकर्मीबाट साइलीलाई तारिफ मिलेको छ ।

यस्तै अर्को चलचित्र ‘शुभ लभ’मा चर्चित युवा ज्योतिषी हरिहर अधिकारी, कृष्टिन पौडेल, राजाराम पौडेल, प्रदिप बास्तोला, सुर्या थापा, रबिन्दै झा, सरोज खनाल लगायतका कलाकारको अभिनय रहेको छ । हरिहर अधिकारीकै कथा रहेको चलचित्रको शुक्रबार बिहान प्रेस शो गरिएको छ । कथामा नयाँ पन दिन खोजेको चलचित्रको प्रेस शोमा उपस्थित पत्रकार र केही चलचित्रकर्मीबाट उत्साहजनक प्रतिक्रिया मिलेको छ ।