Shuva Love

Feature Film Love StoryMar 29, 2019Hall Release

News

कृष्टिनलाई प्रश्न – व्युटि त छ तर, अभिनय ?

लेन्सनेपाल २०७५ चैत्र १३
कृष्टिनलाई प्रश्न – व्युटि त छ तर, अभिनय ?

सन् २०१७ कि मिस टिन कृष्टिन पौडेलले ‘शुभ लभ’बाट अभिनयमा डेव्यु गरेकी छिन । आफुलाई कथा मात्र होइन क्यारेक्टर पनि मन परेर ‘शुभ लभ’मा काम गरेको बताउँने कृष्टिन प्लस टु कि स्टुडेण्ट हुन । एका तिर अध्ययन अर्को तिर चलचित्र दुवैलाई सँगै अघि बढाउने सोच छ उनको । सन्तोष बाबु लोहनीको निर्देशन रहेको चलचित्र यही शुक्रबारबाट प्रदर्शन हुँदैछ । जुन चलचित्रमा युवा ज्योतिषी हरिहर अधिकारीसँग उनले स्कृन सेयर गरेकी छिन । उनै कृष्टिनसँग लेन्स नेपालका लागि ‘शुभ लभ’ सँग नजिक रहेर गरिएको कुराकानी :

केही चलचित्रको अफरलाई अस्विकार गरेकी तपाईले ‘शुभ लभ’लाई चाँही किन छान्नुभयो ?

मलाई पहिले देखि नै इन्ट्रेष्ट थियो । राम्रो कामको अफर आयो भने गर्छु भन्ने थियो । केही चलचित्रबाट अफर पनि आइरहेको थियो । तर, मेरो समय मिलेको थिएन । भर्खर प्लस टु पढ्दै छु । समय मिलाउन नसक्दा मन परेको स्कृप्टमा पनि काम गर्न सकिरहेकी थिइन । त्यही विचमा ‘शुभ लभ’बाट अफर आयो । यो चलचित्रमा कन्टेन फरक पाए । मेरो क्यारेक्टर पनि बलियो लाग्यो । काम देखाउने ठाँउ प्रशस्त देखे । समय मिलाउन पनि सक्ने अवस्था भयो त्यसैले काम गरेकी हुँ ।

व्युटि प्याजेन्टबाट आएका अधिकांश नायिकाहरुमा व्युटि त हुन्छ तर, अभिनय हुँदैन । यो समस्या तपाईमा देखिन्छ कि देखिदैन ?

मैले अभिनयको कक्षा पनि लिएकी थिए । शुभ लभका लागि वर्कसप पनि गरे । त्यो समयमा धेरै सिक्न पाए । बेसिक कुराहरु थाहा पाए । अभिनय अनुभवले पनि निखार्छ । मेरो अभिनय प्रर्फक्ट छैन होला । एउटै चलचित्रबाट मैले खतरा कलाकार हुँ पनि भन्दिन । यसमा पनि धेरै गल्ति गरेकी छु होला । अर्कोमा सुधार्छु । यो सिकाईको प्रकृया पनि हो ।

तर, दर्शकका लागि त तपाई सिक्दै हुनुहुन्छ भन्ने कुराले अर्थ राख्दैन, प्रफेक्ट अभिनय नै खोज्ने हो नी ?

हजुर, मैले सक्दो कोसिस गरेकी छु । पोष्ट प्रोडक्सनको क्रममा जतिले पनि चलचित्र हेर्नुभयो उहाँहरुले  काम राम्रो छ भन्नु भएको छ । तर, दर्शकको प्रतिक्रिया नआएसम्म म ढुक्क छैन । यद्यपी गीत र ट्रेलरबाट सकारात्मक प्रतिकृया पाइरहेकी छु ।

भर्खर प्लस टु पढ्दै हुनुहुन्छ, चलचित्रले अध्ययनमा असर गर्दैन ?

पढाई र अभिनय दुवैलाई व्यालेन्स गर्दै अघि बढ्ने सोच छ । चलचित्रमा काम गर्न थालेपछि रेगुलर कलेज पनि जान पाइन । एक्स्ट्रा क्लास लिन परेको छ । साथी भाइसँगको भेटघाट पनि पातलिदै छ । धेरै कुरा मिस हुन्छ ।

चलचित्रलाई लिएर प्रेसर कत्तिको फिल भइरहेको छ ?

प्रेसर निकै छ । नर्भस भइरहेकी छु । भर्खर १२ मा पढ्दै छु । कति हतार गरेको भन्नु हुन्छ कि भन्ने पनि लाग्छ । कामलाई कसरी लिनु होला भन्ने पनि लाग्छ । प्रेसर त छ नी ।

शुभ लभबाट के अपेक्षा राख्नुभएको छ ?

शुभ लभले कस्तो व्यापार गर्ला त्यो दर्शकको हातमा छ । त्यसैले व्यवसायिक रुपमा त म भन्न सक्दिन तर, चलचित्र मन पराउनु हुन्छ भन्ने लाग्छ । दर्शकले मेरो काम पनि मन पराउनु हुन्छ भन्ने विश्वास छ । व्यवसायिक रुपमा जे भएपनि मेरो काम मन पराउनु भयो भने आफुलाई सफल मान्नेछु ।