Shivam

PG Feature Film ActionOct 04, 2019Hall Release

News

‘शिवम्’ पनि दशैंमा प्रदर्शन हुने

लेन्सनेपाल २०७६ भाद्र २६
‘शिवम्’ पनि दशैंमा प्रदर्शन हुने

चलचित्र ‘शिवम्’ दशैंको अवसर पारी असोज १७ गतेबाट प्रदर्शनमा आउने भएको छ । राजु गिरीको निर्देशन रहेको चलचित्रमा सोहम भेटुवाल, शुभेच्छा थापा, रबि गिरी, प्रदिप गिरी, रश्मी भट्ट, पल्पसा डंगोल, राजकुमार थापा, राजु गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।

एस.के. प्रोडक्सन एण्ड मिडिया प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । चलचित्रमा श्रीकृष्ण बम मल्लको संगीत, रोशन श्रेष्ठको द्वन्द, राजु गिरी र जिवन ज्ञवालीको नृत्य, रामेश्वर हुमागाईंको छायाँकन, राजु गिरीको कथा, राजन भुजेलको लेखन र सुवास देवकोटाको सम्पादन रहेको छ । पर्बत कार्की र कल्पना खरालले निर्माण गरेको चलचित्र एक्सन जनराको हो ।