Shatkon

Feature Film Psychological ThrillerMay 06, 2022Hall Release

News

साइकोलोजिक थ्रिलर चलचित्र षट्कोणको टिजर सार्वजनिक

लेन्सनेपाल २०७८ चैत्र २४
साइकोलोजिक थ्रिलर चलचित्र षट्कोणको टिजर सार्वजनिक

साइकोलोजिक थ्रिलर चलचित्र षट्कोणको टिजर सार्वजनिक गरिएको छ । कर्मा र भोला राज सापकोटाको मुख्य भुमिका रहेको चलचित्रमा कर्मा एक मर्डर मिस्ट्रीको खोजीमा लागेको पत्रकारको भुमिकामा देखिएका छन् । टिजरमा कर्मासँगै लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया र शिशिर लिम्बु देखिएका छन् ।

मिलन डि काप्रिले निर्देशक गरेको चलचित्र बैशाख २३ गतेबाट प्रदर्शनमा आउँदै छ । क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र कोरोना कहर अगाडी नै निर्माण भएको हो ।

शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको चलचित्रमा महेश दवाडीको संवाद, आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन रहेको छ ।