Shatkon

Feature Film Psychological ThrillerMay 06, 2022Hall Release

News

‘षट्कोण’को शिर्ष गीत सार्वजनिक

लेन्सनेपाल २०७९ बैशाख २१
‘षट्कोण’को शिर्ष गीत सार्वजनिक

आगामी शुक्रबार अर्थात् बैशाख २३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘षट्कोण’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बिराज गौतमको स्वर र बिशेष पाण्डे र बिराज गौतमको शब्द संगीत रहेको छ । 

सार्वजनिक भिडियोमा अभिनेता कार्मले एक मर्डर मिस्ट्रीको अनुसन्धान गर्ने क्रममा आउने उतार चढावलाई प्रस्तुत गरिएको छ । चलचित्रका निर्देशक मिलन डि काप्रि हुन् ।

क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा कार्म, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् । चलचित्रमा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन छ ।