Shatkon

Feature Film Psychological ThrillerMay 06, 2022Hall Release

News

निर्देशक काप्रि भन्छन् – ‘षट्कोण’ एक्सपेरिमेन्टल चलचित्र हो

लेन्सनेपाल २०७९ बैशाख ८
निर्देशक काप्रि भन्छन् – ‘षट्कोण’ एक्सपेरिमेन्टल चलचित्र हो

साइकोलोलिकज थ्रिलर चलचित्र ‘षट्कोण’मा आफुले केही फरक काम गर्ने प्रयास गरेको निर्देशक मिलन डि काप्रिले जनाएका छन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै काप्रिले यस्तो बताएका हुन् ।

चलचित्रमा ६ वटा क्यारेक्टर रहेको र ति सबै क्यारेक्टरलाई जोड्ने कडि एउटै भएको भन्दै उनले त्यो के कुरा हो थाहा पाउन भने चलचित्र नै हेर्नु पर्ने जनाएका छन् । आफुले कमर्सियल भन्दा पनि एक्सपेरिमेन्टल चलचित्र बनाएको भन्दै काप्रिले चलचित्रमा हिरो हिरोइनको सट्टा कलाकारहरु भएको बताए । उनले आफ्नो चलचित्रमा लभ रोमान्सवाला भन्दा पनि सिच्युएसनल गीत भएको जनाउका छन् ।

केही चलचित्रमा मुख्य सहायक निर्देशक भइ काम गरेका काप्रिले शुरुमा भने यो चलचित्रको स्कृप्ट आउँदा आफुलाई डर लागेको बताएका छन् । डेब्यु चलचित्र नै फरक शैलीमा काम गर्दा केही डर लागे पनि टिम अपका कारण चलचित्र राम्रो बनाउने कोसिस भएको उनको भनाई छ । उनका अनुसार काप्रि सहित लेखक, छायाँकार र सम्पादकले समेत यसै चलचित्रबाट डेब्यु गरेका हुन् ।

यस्तै कार्यक्रममा बोल्दै चलचित्रका मुख्य कलाकार मध्येका एक कार्मले आफ्नो रोजाईमा फरक चलचित्र पर्ने र यो चलचित्र यस्तै भएकोले काम गरेको सुनाए । कार्मले चलन चल्तीका चलचित्र भन्दा फरक कथामा काम गर्ने टिम भएको भन्दै यो टिमसँगको कामले आफु उत्साहित भएको समेत बताएका छन् । यस्तै अर्का कलाकार लोकेन्द्र लेखकले केही कलाकार बाहेक ३० वर्ष मुनिको क्रियटिभ टिमले काम गरेका कारण युवालाई कनेक्ट गर्न सक्ने बताएका छन् ।

पत्रकार भेटघाट कार्यक्रममा चलचित्रका मुख्य कलाकार कार्म, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, निर्देशक मिलन डि काप्रि र निर्माता तथा अभिनेता विराज कडरिया उपस्थित भएका थिए ।

बैशाख २३ गतेबाट प्रदर्शनमा आउने चलचित्र क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।

चलचित्रमा कर्मा, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् । चलचित्रमा आङ्छेन लामाको छायांकन र सागर खनाल र निर्देशक मिलन डि काप्रिको सम्पादन छ ।