Selfie King

Feature Film ComedyFeb 07, 2020Hall Release

News

‘सेल्फी किंग’को विदेश माग उच्च

लेन्सनेपाल २०७६ असोज १४
‘सेल्फी किंग’को विदेश माग उच्च

छायाँकनरत् चलचित्र ‘सेल्फी किंग’को विदेश माग उच्च देखिएको छ । यसअघि ‘प्रसाद’ जस्तो सफल चलचित्र निर्माण गरेको टिमले निर्माण गरेका कारण विदेशमा प्रदर्शनको लागि वितरकहरु बिच तछाडमछाड देखिएको हो ।

निर्माता सुभाष थापाका अनुसार अष्ट्रेलियाका लागि ‘प्रसाद’ प्रदर्शन गरेको गोर्खे इन्टरटेनमेण्टले नै ‘सेल्फी किंग’को प्रदर्शन अधिकार खरिद गरेको छ । गोर्खेले २५ लाख रुपैयाँमा अष्ट्रेलियाको प्रदर्शन राइटस् खरिद गरेको हो ।

यस्तै युरोप, अमेरिका, जापान, कोरिया, साउदी, दुबई, हंङकंङ, मलेसियालगायतका देशबाट पनि चलचित्रको प्रदर्शन राइट्स् खरिदको लागि बाक्लो प्रस्तावहरु आइरहेको थापाले जनाएका छन् । जसमध्ये अधिकांश देशमा ‘प्रसाद’का वितरकहरु नै ‘सेल्फी किंग’ खरिदका लागि इच्छुक देखिएका छन् । उनका अनुसार केही दिनमै अन्य देशका वितरकसँग प्रदर्शनको लागि सम्झौता हुनेछ ।

दिनेश राउत र सुभाष थापाको संयुक्त निर्माण रहेको चलचित्र ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको हो । ‘सेल्फी किंग’को नामले परिचित एक चर्चित हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा चलचित्रले भन्नेछ । चलचित्रलाई बिशाल सापकोटाले निर्देशन गर्दैछन् ।

चलचित्रको शिर्ष भूमिकामा विपिन कार्कीको अभिनय रहने छ । विपिनका अलवा चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले बिशेष भुमिकामा अभिनय गर्नेछिन ।

चलचित्रमा निर्देशक बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पोखरेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहने छ ।

चलचित्रमा फष्ट एडिका रुपमा दिनेश बहादुर रावत, सेकेण्ड एडिका रुपमा गणेश शाही, एडिका रुपमा राजेश राज गिरी, तर्कराज न्यौपाने, सुलभ थापा रहेका छन् । चलचित्रका सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन् ।