Selfie King

Feature Film ComedyFeb 07, 2020Hall Release

News

शुभमुर्हुत सँगै ‘सेल्फी किंग’ छायाँकन शुरु

लेन्सनेपाल २०७६ भाद्र २४
शुभमुर्हुत सँगै ‘सेल्फी किंग’ छायाँकन शुरु

चलचित्र ‘सेल्फी किंग’को छायाँकन शुरु भएको छ । मंगलबार बिहान भक्तपुरको गणेश मन्दिरमा शुभमुर्हुत गर्दै छायाँकन शुरु गरिएको हो ।

‘सेल्फी किंग’को नामले परिचित एक चर्चित हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा चलचित्रले भन्नेछ । पहिलो दिन उक्त कलाकार सास्कृतिक कार्यक्रमका लागि काठमाडौं बाट सोलुखुम्बु तर्फ जाँदै गर्दाको यात्राको दृष्य छायाँकन गरिदैछ ।

काठमाडौं देखि सोलुखुम्बु सम्मका बिभिन्न मनमोहक स्थानहरुमा चलचित्रको छायाँकन हुनेछ । छायाँकनका लागि दशैं अघि र दशैं पछि गरि २ सेड्युल तयार गरिएको निर्माण पक्षले जनाएको छ । जस अनुसार दशैं अघिको सेड्युल आजबाट शुरु भएको छ । २५ दिन लामो पहिलो सेड्युलमा सोलुखुम्बु, खुर्कोट, घुर्मि लगायत काठमाडौं देखि सोलुखुम्बु सम्मका बिभिन्न स्थानमा चलचित्रको छायाँकन हुनेछ ।

ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको चलचित्रलाई बिशाल सापकोटाले निर्देशन गर्दैछन् । चलचित्रको शिर्ष भूमिकामा विपिन कार्कीको अभिनय रहने छ । विपिनका अलवा चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले बिशेष भुमिकामा अभिनय गर्नेछिन ।

 

गत वर्ष व्यवसायिक र समिक्षात्मक दुबै रुपमा सफल चलचित्र ‘प्रसाद’ का निर्माता सुभाष थापा र सोही चलचित्रका निर्देशक दिनेश राउतले संयुक्त रुपमा निर्माण गर्न लागेको चलचित्रमा निर्देशक बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पोखरेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहने छ ।

चलचित्रमा फष्ट एडिका रुपमा दिनेश बहादुर रावत, सेकेण्ड एडिका रुपमा गणेश शाही, एडिका रुपमा राजेश राज गिरी, तर्कराज न्यौपाने, सुलभ थापा रहेका छन् । चलचित्रका सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन् ।