Selfie King
Feature Film ComedyFeb 07, 2020Hall Release
News
प्रिमियरमा मिल्यो ‘सेल्फी किङ’लाई उत्साहजनक प्रतिक्रिया
चलचित्र ‘सेल्फी किङ’ को प्रिमियर सम्पन्न भएको छ । बुधबार राजधानीको आइएनआइ सिनेमाजमा गरिएको प्रिमियरमा चलचित्र युनिटसँगै कलाकर्मी र मिडियाकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।
चलचित्र हेर्न भुवन केसी, सन्तोष पन्त, निर्मल शर्मा, जितु नेपाल, केदार घिमिरे, निशा अधिकारी, केकी अधिकारी, आँचल शर्मा, नम्रता श्रेष्ठ, कर्मा, विनय श्रेष्ठ, आर्यन सिग्देल, प्रमोद अग्रहरी, कामेश्वर चौरसिया, दिपेन्द्र के खनाल, सुनिलकुमार थापा, भोलाराज सापकोटा, शोभित बस्नेत, रिमा विश्वकर्मा, सुवास गिरी, सुरेन्द्र पौडेललगायतका चलचित्रकर्मीको उपस्थिति रहेको थियो । चलचित्र हेरेका कलाकर्मीले मुक्त कण्ठले प्रसंसा गरेका छन् । सबैले उठान गरेको विषयसँगै कलाकारको भावनालाई यसमा प्रस्तुत गरिएको मिडियासामु प्रतिक्रिया दिए । चलचित्रको निर्देशन विशाल सापकोटाले गरेका हुन् । कथा पनि उनकै हो ।
चलचित्रको शिर्ष भूमिकामा विपिन कार्कीको अभिनय रहेको छ । विपिनले ‘सेल्फी किङ्ग’ भूमिका निर्वाह गरेका छन् । उनि टेलिभिजनमा कार्यरत एक प्रसिद्ध हास्यकलाकारको भूमिकामा छन् । चलचित्रमा उनैको तीन दिनको कथा उतारिएको छ । कमेडियनको भित्री पिडा र बाहिरी कर्तव्यलाई यसमा समेटिएको छ । दिनेश राउत र शुभाष थापाले चलचित्रलाई संयुक्त रुपमा निर्माण गरेका हुन् ।
चलचित्रमा विपिनसंगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले ‘जाली रूमाल’ बोलको गीतमा अभिनय गरेकी छिन् । चलचित्रमा बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पोखरेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहेको छ । यसमा सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् ।
चलचित्र हेरेपछि कलाकर्मीले दिएको प्रतिक्रिया
आर्यन सिग्देल
यो चलचित्रले सबैलाई छुन्छ जस्तो लाग्छ । चलचित्र हेर्दा निकै भावुक पनि भए । चलचित्र हाँसो र रोदनको मिश्रण छ । हामीलाइ कहिँ त्यो पात्रले हसाउछ त कहिँ रुन बाध्य बनाउछ । नेपाली चलचित्र हेर्ने दर्शकले एक पटक हेर्नुपर्छ भन्छु म चलचित्रलाइ ।
नम्रता श्रेष्ठ
चलचित्र मन पर्यो । यहाँ देखाइएका केहि नकेहि कुरा कलाकारसँग मेल खान्छ नै । एउटा कलाकारलाई सबैले बाहिरबाट त चिन्छ तर भित्र उसको के छ ? त्यो कसैले महसुस गर्दैन । चलचित्रमा यस्तै देखाइएको छ । मैले धेरै पटक काम गरेको निर्देशक दिनेश राउतले यसलाई निर्माण गर्नु भएको छ । सधै केहि नयाँ गरौँ भन्ने सोच राख्ने दिनेशले निर्माताको रुपमा डेब्यु नै यस चलचित्रबाट गर्नु भएको छ । म निकै खुसि छु ।
कर्मा चलचित्र हेर्दा धेरैपछी नै रोए म । आर्टिस्टलाई हेर्ने दृष्टिकोण र बेहुर्नु पर्ने कुरालाई यसमा राम्रोसँग देखाइएको छ ।
केकी अधिकारी यो चलचित्रसँग जोडिन पाउँदा लक्की नै ठानेकी छुँ । यो चलचित्र कलाकारलाई मात्र छुने कथा हैन , यसले जुनै प्रोफेसनको मान्छेलाई छुन्छ । म कलाकार भएकोले यसले अझै बढी छोएको छ । यसमा कलाकारको भावना र व्यस्थालाई छर्लंग पारेको छ । स्टेज अगाडीको कलाकारलाई त सबैले देख्छ तर स्टेज आउनु अगाडी उसले के कस्तो कुरा भोग्छ त्यसलाई निकै सुन्दर तरिकाले प्रस्तुत गरिएको छ ।
निशा अधिकारी चलचित्रले हामीलाइ एक पटक झस्काएको पनि छ । हामीले भोलि भनेर सोच्ने गरेका छौ तर के समय हाम्रो अनुसार चल्छ त ? यी सम्पूर्ण कुरा चलचित्रले प्रस्तुत गर्छ । सरल ढंगले जीवनको सार चलचित्रमा देखाइएको छ । यतिको चलचित्र बन्नु हाम्रो लागि खुसिको कुरा हो । धेरैपछी राम्रो चलचित्र हेर्न पाए ।
प्रदीप भट्टराई चलचित्रले हामीलाई त निकै छुन्छ । मलाइ आश छ दर्शकलाई पनि यतिकै छुन्छ । चलचित्रले निराश बनाउदैन भन्नेमा विश्वस्त छु । विपिनले चलचित्र मार्फत पुनः आफ्नो क्षमतालाई प्रस्ट्याएका छन् । उनि अब्बल कलाकार हुन् भन्ने तथ्यलाइ उनले प्रुफनै गरे ।
निर्मल शर्मा यस्तो किसिमको चलचित्र मलाइ निकै मन पर्छ । किनकी यहाँ व्यर्थका केहि छैनन् । चाहिने कन्टेन भन्दा चलचित्र बाहिर गएको छैन । चलचित्रले हामी कलाकारलाई जसरि छोएको दर्शकलाइ पनि छुन्छ । र , यो चलचित्र हेर्ने दर्शकले कलाकार हेर्ने नजरमा पक्कै परिवर्तन गर्छ भन्नेमा विश्वस्त छु ।
नवल नेपाल छोरा जब कर्तव्यबाट बिमुख हुन्छ त्यसपछि आउने परिणामलाइ यसमा देखाइएको छ । चलचित्रले मन छुन्छ र हाम्रो कर्तव्य प्रति पनि झस्काउछ । चलचित्रले हामीले खर्चिने समय र पैसाको सदुपयोग गर्छ ।
दीपेन्द्र के खनाल एउटा नयाँ निर्देशकले बनाएको चलचित्र जस्तो लागेन । चलचित्र यस्तै किसिमको म रुचाउछु त्यसैले गर्दा मेरो मन छोयो । एउटा राम्रो र सरल नेपाली चलचित्र हेर्न चाहनुहुछ भने चलचित्र हेर्न आउनुस । यो हाम्रो मौलिक कथाको मन छुने चलचित्र हो ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



