Selfie King
Feature Film ComedyFeb 07, 2020Hall Release
News
‘सेल्फी किङ’को माउथ पब्लिसिटी अब्बल
चलचित्र ‘सेल्फी किङ’ले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । सन्तोषजनक व्यापार गरिरहेको चलचित्रको माउथ पब्लिसिटी अब्बल देखिएको छ । शुक्रबार भन्दा शनिबार चलचित्रको व्यापार राम्रो छ । माउथ पब्लिसिटी बलियो भएका कारण व्यापार बढ्ने अपेक्षा गर्न सकिन्छ ।
विशाल सापकोटाको निर्देशन रहेको चलचित्रले एक हाँस्य कलाकारको ३ दिनको कथा भन्छ । साँस्कृतिक कार्यक्रममा सहभागी हुन गएको कलाकार नफर्किन्जेल सम्मको कथा चलचित्रमा समावेश गरिएको छ । चलचित्रको शिर्ष भूमिकामा बिपिन कार्कीको अभिनय रहेको छ ।
शनिबार बिहान निर्माता दिनेश राउत सहित निर्देशक सापकोटा, अभिनेता कार्की लगायत चलचित्रको प्रतिकृया लिन बिग मुभिज पुगेका थिए । जहाँ दर्शकबाट प्राप्त प्रतिक्रिया निकै सकारात्मक थियो । उपस्थित दर्शकले चलचित्रको विषयबस्तु र कलाकारको कामलाई रुचाएका छन् । सामाजिक सञ्जालमा पनि चलचित्रले राम्रो तारिफ बटुलिरहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



