Selfie King

Feature Film ComedyFeb 07, 2020Hall Release

News

‘सेल्फी किङ’ निर्माणको औपचारिक घोषणा, हाँस्यकलाकारको कथा भन्ने

लेन्सनेपाल २०७६ भाद्र २२
‘सेल्फी किङ’ निर्माणको औपचारिक घोषणा, हाँस्यकलाकारको कथा भन्ने

चलचित्र ‘सेल्फी किङ’ निर्माणको औपचारिक घोषणा गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो ।

गत वर्ष व्यवसायिक र समिक्षात्मक दुबै रुपमा सफल चलचित्र ‘प्रसाद’ का निर्माता सुभाष थापा र सोही चलचित्रका निर्देशक दिनेश राउतले संयुक्त रुपमा निर्माण गर्न लागेको चलचित्रलाई बिशाल सापकोटाले निर्देशन गर्नेछन् । अमेरिकाको लस एन्जलस सिटी कलेजमा चलचित्र निर्देशन अध्ययन गरेका बिशालको यो डेव्यु चलचित्र हो ।

चलचित्रमा अभिनेता विपिन कार्की, लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले बिशेष भुमिकामा अभिनय गर्नेछिन ।

कार्यक्रममा बोल्दै निर्देशक बिशालले एउटा हाँस्यकलाकारको कथालाई आफुले चलचित्रमा उतार्न खोजेको बताएका छन् । के यो कुनै हाँस्यकलाकारको बायोपिक हो ? भन्ने प्रश्नमा उनले यो हरेक कलाकारको बायोपिक हुन सक्ने बताए ।

यस्तै निर्देशनबाट निर्माणमा आएका दिनेश राउतले बिशालले सुनाएको कन्सेप्ट आफुलाई मन परेको र उसको ट्यालेण्टलाई विश्वास गरेर टिमअप गरेको बताएका छन् । नयाँ निर्देशकलाई लिएर चलचित्र निर्माण गर्नुको कारणबारे उनले भने – ‘यो प्रतिभा भएर पनि प्लेटफर्म नपाएका व्यक्तिहरुका लागि ढोका खोलिएको हो ।’



यस्तै निर्माता सुभाष थापाले आफुले सधै टिममा विश्वास गर्ने गरेको भन्दै यसपटक पनि अर्का निर्माता दिनेश र निर्देशक बिशाललाई बिश्वास गरेको जनाए । उनले आफुले यसअघि पनि दिनेशलाई बिश्वास गरेर प्रसाद बनाएको र यसपटक पनि निर्माणमा सहकार्य गरेको बताएका छन् ।



चलचित्रमा बिपिनको शिर्ष भुमिका रहनेछ । बिपिनले सेल्फि किंगको भूमिका निर्वाहा गर्नेछन् । हाँस्यकलाकारको जीवनको कथा भन्ने चलचित्र भएकोले पनि आफुले चलचित्रको कथा सुन्दा साथ काम गर्न उत्साहित भएको बताए बिपिनले बताएका छन् । उनले निर्देशक बिशालको प्रसंसा गर्दै भने – ‘उहाँ नयाँ भए पनि नयाँ जस्तो लागेन । चलचित्र बुझेको र उत्कृष्ट काम गर्न सक्ने निर्देशकका रुपमा पाएको छु ।’



यस्तै लक्ष्मी बर्देवाले पनि आफु यसको कथा सुन्दा नै काम गर्न निकै उत्साहित भएको बताइन । यस्तै अभिनेत्री केकी अधिकारीले आफ्नो भुमिका छोटो भएपनि बिशेष रहेको बताएकी छिन । बिशाल र केकीले यसअघि दिनेश राउतको डेव्यु निर्देशन रहेको चलचित्र ‘आइएम सरी’मा कलाकारको रुपमा सँगै काम गरेका थिए । केकीले सोही समयदेखि बिशाललाई चलचित्रमा केही गर्न सक्ने व्यक्तिको रुपमा आफुले पाएको बताइन् ।



निर्देशक बिशालकै लेखन रहेको चलचित्रमा सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, आशिष पौडेलको कस्ट्युम डिजाइन, कृति जोशीको श्रृगार, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पोखरेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहने छ ।

चलचित्रमा फष्ट एडिका रुपमा दिनेश बहादुर रावत, सेकेण्ड एडिका रुपमा गणेश शाही, एडिका रुपमा राजेश राज गिरी, तर्कराज न्यौपाने र सुलभ थापा रहने छन् । भाद्र २४ गते मंगलबार बाट छायाँकनमा जाने चलचित्रका सहनिर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन् ।