Selfie King

Feature Film ComedyFeb 07, 2020Hall Release

News

दीवस बने ‘हाम्रो सेल्फी किङ’

लेन्सनेपाल २०७६ माघ २३
दीवस बने ‘हाम्रो सेल्फी किङ’

शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘सेल्फी किङ’को ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’ बिजेताको घोषणा भएको छ ।

चलचित्र युनिटले गत माघ ५ गते देखि नेपालको पपुलर एप हाम्रो पात्रोसँगको सहकार्यमा ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’ ल्याएको थियो । ह्युमर र कमेडी हाउभाउमा खिचिएको सेल्फीमा आफ्नो तस्विर खिचेर इच्छुक सहभागीहरुले हाम्रो कम्युनिटी मार्फत आफ्नो सेल्फी पोष्ट गर्न सक्ने व्यवस्था गरेको थियो ।

गत माघ ५ देखि माघ २० सम्म संचालित प्रतियोगिताको विजेताको घोषणा माघ २१ गते हाम्रो पात्रो मार्फत गरिएको छ । एपको एज मार्फत लाइभ आएर अभिनेता विपिन कार्की र निर्देशक विशाल सापकोटाले विजेता घोषणा गरेका हुन् । प्रतियोगितामा सहभागीबाट दीवस पोखरेल विजेता बनेका छन् । उनले खिचेको सेल्फीले निर्माण पक्षको मन जितेको हो ।’ हामीले पुरस्कारनै अभिनय सिकाउने राखेका छौ र उहाँको तस्वीर हेर्दा अभिनयमा इच्छुक देखिनु भएको छ’ विपिनले भने । उनले यस प्रतियोगिताले उहाँको कलाकारितामा मदत पुग्ने विश्वास समेत व्यक्त गरे ।

चलचित्रमा विपिन ‘सेल्फी किङ’ बनेका छन् । उनि टेलिभिजनमा कार्यरत एक प्रसिद्ध हास्यकलाकारको भूमिकामा छन् । चलचित्रमा उनैको तीन दिनको कथा उतारिएको छ । ‘सेल्फी किङ’ को उपनामले परिचित हास्यकलाकार एउटा कार्यक्रममा पुगेर फर्किदाको अवस्थालाई चलचित्रमा देखाइएको छ ।

पहिलो भएका दीवसले कलाकार तथा निर्देशक अनुप बरालको एक्टर्स स्टुडियोमा ३ महिनाको अभिनय तालिमको छात्रवृति पाएका छन् । आफुले प्रतियोगिता जितेको थाहा पाएपछि दीवस पनि उत्साहित छन् ।

चलचित्रको निर्देशन विशाल सापकोटाले गरेका हुन् । कथा पनि उनकै हो । उनि यसै चलचित्र मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । दिनेश राउत र सुवास थापाले चलचित्रलाई संयुक्त रुपमा निर्माण गरेका हुन् ।

चलचित्रमा विपिनसंगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले ‘जाली रूमाल’ बोलको गीतमा अभिनय गरेकी छिन् । चलचित्रमा बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पोखरेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहेको छ । यसमा सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् ।