Selfie King

Feature Film ComedyFeb 07, 2020Hall Release

News

‘सेल्फी किङ’को सेटमा दुर्घटना, प्राबिधिक घाइते

लेन्सनेपाल २०७६ असोज ३०

चलचित्र ‘सेल्फी किङ’को छायाँकनका क्रममा स्कुटर दुर्घटना सहायक प्रोडक्सन म्यानेजन बिदुर मानन्धर घाइते भएका छन् । घाइते मानन्धरको खुट्टामा गम्भिर चोट लागेको छ । दाइने खुट्टाको घुडामा चोट लाग्दा उनको हड्डी फुट्न पुगेको छ ।

छायाँकन स्थल थानकोटमा मानन्धरले चलाएको बा ६१ प ६३६६ नम्बरको स्कुटर दुर्घटनामा परेको थियो । सडकमा भएको खाण्डोमा परेर दुर्घटना भएको हो ।


घट्ना लगत्तै मानन्धरलाई ट्रमा सेन्टरमा उपचार गराईएको छ । डाक्टरले अप्रेसन गरेर फुटेको हड्डीलाई बाध्नुपर्ने जनाएपछि आउने मंगलबार उनको अप्रेसन गर्ने तयारी भइरहेको छ । अप्रेसन पछि मानन्धरले कम्तिमा ७ हप्ता बेड रेष्ट गर्नुपर्नेछ । निर्माण पक्षले छायाँकनको क्रममा मानन्धरको दुर्घटना भएका कारण उपचार खर्च आफुले बेहोर्ने जनाएको छ ।

दशैं लगत्तै दोस्रो सेड्युलको छायाँकन थालेको चलचित्रको यतिबेला राजधानीका बिभिन्न स्थानमा छायाँकन जारी छ । दिनेश राउत र सुभाष थापाको संयुक्त निर्माण रहेको चलचित्र ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको हो । ‘सेल्फी किङ’को नामले परिचित एक चर्चित हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा चलचित्रले भन्नेछ । चलचित्रलाई बिशाल सापकोटाले निर्देशन गर्दैछन् ।

चलचित्रको शिर्ष भूमिकामा विपिन कार्कीको अभिनय रहने छ । विपिनका अलवा चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, गीता अधिकारी, राजेश बिसुराल, अमितेश शाहलगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले बिशेष भुमिकामा अभिनय गर्नेछिन ।

चलचित्रमा निर्देशक बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पोखरेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहने छ ।

चलचित्रमा फष्ट एडिका रुपमा दिनेश बहादुर रावत, सेकेण्ड एडिका रुपमा गणेश शाही, एडिका रुपमा राजेश राज गिरी, तर्कराज न्यौपाने, सुलभ थापा रहेका छन् । चलचित्रका सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन् ।