Sarauto

Feature Film ActionNov 29, 2019Hall Release

News

‘सरौतो’को ‘केहि आधा’ सार्वजनिक

लेन्सनेपाल २०७६ असोज १२
‘सरौतो’को ‘केहि आधा’ सार्वजनिक

चलचित्र ‘सरौतो’को दोस्रो गीत ‘केहि आधा’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा पुष्पन प्रधानको शब्द, संगीत र स्वर रहेको छ । गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् भने हरी हुमागाईंको कोरियोग्राफी रहेको छ । गीतलाई १४ दिन लगाएर बन्दीपुर, पोखरा, धम्पुस, मुस्ताङ, लुम्बिनी, सौराहा, जनकपुरलगायतका स्थानमा छायाँकन गरिएको छ ।

हरी हुँमागाईको डेव्यु निर्देशकिय चलचित्र ‘सरौतो’मा सन्नी सिंह, सुमी मोक्तान, आमिर गौतम, विजय लामा, युवराज लामा, धिरेन शाक्य, अरुणा कार्की, निशा पुन मगर, सम्पदा दाहाल, पराक्रम सम्शेर जवरा, मनोज तामाङ, प्रतिक दुलाल लगायतका कलाकारको अभिनय रहेको छ । 

कार्तिक २२ गतेबाट प्रदर्शनको हुने जनाइएको चलचित्रमा राघव कृष्ण गौतमको कथा, पटकथा तथा संवाद, शंकर महर्जनको द्धन्द्व निर्देशन, निमेश श्रेष्ठको सम्पादन र उत्तम हुँमागाईको छायाँकन रहेको छ । 

एक्सन लभस्टोरी जनरामा निर्माण भएको चलचित्र विर्जना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रकी कार्यकारी निर्माता सिर्जना जोशी हुन् ।