Samjhana Birsana
Feature Film Love StoryJul 15, 2022Hall Release
News
निर्वाचनका कारण ‘सम्झना बिर्सना’को प्रदर्शन स्थगित
चलचित्र ‘सम्झना बिर्सना’को प्रदर्शन स्थगित गरिएको छ । जेठ ६ गतेबाट प्रदर्शन हुने भनिएको चलचित्रको प्रदर्शन स्थानीय तहको निर्वाचनको कारण देखाउँदै हालका लागि स्थगित गरिएको निर्माता आद्वित्य प्रधानले जनाएका छन् ।
चलचित्रको नयाँ प्रदर्शन मिति भने केही समयमै सार्वजनिक गरिने जनाइएको छ । निमेष प्रधानको निर्देशन रहेको चलचित्रमा पुजा शर्मा, आकाश श्रेष्ठ, सुनिल थापा, छुल्ठिम गुरुङ, शिसिर राणालगायतका कलाकारको अभिनय रहेको छ ।
अद्वितिय प्रधान र रेविका प्रधानले निर्माण गरेको चलचित्र दार्जिलिङ, सिल्गुडी तथा सिक्कीमका बिभिन्न स्थानमा छायाँकन गरिएको हो । निर्देशक निमेषकै कथा र पटकथा रहेको चलचित्रमा निमेष र कलाकार शिसिर राणाको सम्बाद लेखन रहेको छ ।
आदित्य फिल्म्स्को प्रस्तुति रहेको चलचित्रमा शिब ढकालको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन, राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत र कमल राईको कोरियोग्राफी रहेको छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi


