Samhalinchha Kahile Man

Feature Film Love StorySep 02, 2022Hall Release

News

‘सम्हालिन्छ कहिले मन’को ट्रेलर सार्वजनिक

लेन्सनेपाल २०७९ श्रावन २२
‘सम्हालिन्छ कहिले मन’को ट्रेलर सार्वजनिक

सुदर्शन थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक गीत ‘जरुरी कुरा छ’ले राम्रो हाइप बनाएपछि निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।

३ मिनेट आसपासको चलचित्रको ट्रेलर मुख्य तीन पात्र पुजा, आकाश र सोनमबीचको प्रेम सम्बन्धकको वरिपरि घुम्छ । लभस्टोरी चलचित्र निर्माण तथा निर्देशनमा माहिर सुदर्शन थापाको यो अर्को सुन्दर लभ स्टोरी बनेको अनुमान गर्न सकिन्छ ।

भदौ १७ गतेबाट प्रदर्शन हुन लागेको चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देन, गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य लगायतका कलाकारको अभिनय छ । गायक समेत रहेका सोनमले यही चलचित्रबाट अभिनेताको रुपमा डेब्यू गर्दैछन् ।

एबी इन्टरनेशनलको ब्यानरमा निर्मित चलचित्रको कथा महेश दवाडीले लेखेका हुन् । अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु र जेम्स प्रधानको संगीत, अर्जुन जिसीको सम्पादन रहेको चलचित्रको निर्मातामा अमित बस्नेत, परी राना र अजित कुमार थापा छन् ।