Samhalinchha Kahile Man
Feature Film Love StorySep 02, 2022Hall Release
News
‘सम्हालिन्छ कहिले मन’को कन्टेन्टमा टिकटक बनाउनुस्, एक तोला सुन जित्नुस्
नेपालीहरुको महान् चाड हरितालिका तिजको अवसर पारेर चलचित्र ‘सम्हालिन्छ कहिले मन’ टिमले टिकटक प्रतियोगिता सुरु गरेको छ ।
प्रतियोगितामा सहभागी भएर सबैभन्दा धेरै भ्युज ल्याउने टिकटकरले एक तोला सुन पुरस्कार जित्नेछन् । प्रतियोगितामा सहभागी हुन चाहनेहरुले तिजको व्रतको दिन मंगलबार बिहान ६ बजेदेखि ‘सम्हालिन्छ कहिले मन’ का ३ वटा गीत वा ट्रेलरका कुनै पनि कन्टेन्ट छानेर टिकटक बनाउन सक्नेछन् । पुरस्कार जित्नका लागि उक्त टिकटकमा #skmfilm अनिवार्य लेखिएको हुनुपर्छ । १९ भदौ अर्थात् आइतबार राति १२ बजेसम्म जसले धेरै भ्युज ल्याउँछ, उसैले पुरस्कार जित्ने निर्माण टोलीले जनाएको छ, २१ गते विजेतालाई पुरस्कार वितरण गरिनेछ ।
महिला र पूरुषले संयुक्त वा छुट्टा–छुट्टै रूपमा टिकटिक बनाउन पाउँछन् । १७ भदौबाट प्रदर्शनमा आउने ‘सम्हालिन्छ कहिले मन’ को ट्रेलरसँगै तीनवटा गीत ‘जरुरी कुरा कुरा छ’, ‘हराएँ हराएँ’ र शीर्ष गीत ‘सम्हालिन्छ कहिले मन’ सार्वजनिक भइसकेको छ । यी गीतहरुले सामाजिक सञ्जालमा पनि राम्रो चर्चा पाइरहेका छन् । प्रतिस्पर्धीहरुले यी कन्टेन्टमा नै भिडियो बनाउन पाउनेछन् । सुदर्शन थापाको निर्देशन र एबी इन्टरनेशनलको ब्यानरमा तयार भएको फिल्ममा आकाश श्रेष्ठ, पुजा शर्मा, सोनाम तोप्देनलगायत कलाकारहरुको अभिनय छ । ‘सम्हालिन्छ कहिले मन’ अलग प्रस्तुतिसहितको त्रिकोणात्मक प्रेमकथा हो । ९० प्रतिशत सुटिङ बेलायतमा गरिएको यस फिल्मको ट्रेलर हेरेपछि सामाजिक सञ्जालमा दर्शकहरुले मेकिङ शैलिको प्रशंसा गरिरहेका छन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





