Samhalinchha Kahile Man

Feature Film Love StorySep 02, 2022Hall Release

News

दर्शकले रुचाए ‘सम्हालिन्छ कहिले मन’

लेन्सनेपाल २०७९ भाद्र १७
दर्शकले रुचाए ‘सम्हालिन्छ कहिले मन’

शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘सम्हालिन्छ कहिले मन’लाई दर्शकले रुचाएका छन् । चलचित्र हेरेका अधिकांस दर्शकले सिनेमालाई राम्रो भनेका छन् । विशेष गरि सिनेमाको कथाबस्तु, मुख्य कलाकारहरुको अभिनय, गीतसंगीत र तीन पात्रको मित्रताले मन जितेको प्रतिक्रिया दिए ।

अधिकांस दर्शकहरुले सिनेमाको क्लाइमेक्स उत्कृष्ट लागेको र यसको सिरिज बनाउनु पर्ने माग गरेका थिए । निर्देशक सुदर्शन थापाले दर्शक मागलाई मनन गर्ने बताए ।

डेब्यु अभिनेता सोनम तोप्देनले तारिफ बटुलेका छन् । पूजा शर्मा र आकाश श्रेष्ठको अभिनयपनि मन पराएका छन् ।

छायांकार सौरभ लामाको काम उत्कृष्ट देखिएको छ । उनले युकेका दृश्य मज्जाले खिचेका छन् । निर्देशक थापाले रिलिज अगाडी भने जस्तै सिनेमाको मेकिङ उच्च छ ।

लभस्टोरी सिनेमा बनाउन माहिर निर्देशक थापाले यसपटक पनि दर्शकको मन जित्न सफल भएका छन् । पहिलो दिन सुखद व्यापारको सुरुवात गरेको सिनेमाले शनिबार झनै राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

दर्शक प्रतिक्रिया उत्कृष्ट आएका कारण सिनेमाको ‘वर्ड अफ माउथ’ले आगामी दिनमा व्यापार राम्रो हुँदै जाने निर्माण पक्षले आशा लिएको छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमामा पूजा, आकाश र सोनमसंगै गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारहरुको अभिनय छ ।

सिनेमाको ९० प्रतिशत छायांकन युकेमा भएको हो । सौरभ लामाले खिचेको सिनेमामा अर्जुन पोखरेलरताराप्रकाश लिम्बुरजेम्स प्रधानको संगीत, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन छ ।

एबी इन्टरनेशनलको प्रस्तुति रहेको सिनेमामा अमित बस्नेत, अजित केआर थापा र परी रानाको लगानी छ ।