Saino
PG Feature Film Love StoryAug 09, 2019Hall Release
News
‘साइनो’लाई पिजी सर्टिफिकेट
श्रावण २४ गते बाट प्रदर्शन हुन लागेको चलचित्र ‘साइनो’ले सेन्सर बोर्डबाट ‘पिजी’ सर्टिफिकेट पाएको छ । अब यो चलचित्र हेर्न १३ वर्ष मुनिका दर्शकले अभिभावकको साथ लिनुपर्ने भनेको छ ।
नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्रलाई रमेश थापाले निर्देशन गरेका हुन् । चलचित्रले ‘पिजी’ सर्टिफिकेट पाए पनि निर्देशक थापाले सबै उमेरका दर्शकले निर्धक्कका साथ हेर्न सकिने बताएका छन् । उनले चलचित्र साइनो मौलिक, सामाजिक कथावस्तु बोकेको शुद्ध नेपाली चलचित्र भएको दाबी गरे ।
चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्र साइनोमा मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, नीता ढुंगाना, रेगन क्षेत्रीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
शरण थापा कार्यकारी निर्माता रहेको चलचित्रमा रामेश्वर कार्कीको छाँयांकन, रामजी लामिछानेको कोरियोग्राफी र बनिश शाहको सम्पादन छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



