Saili

Feature Film Mar 29, 2019Hall Release

News

रिलिज डेट तय गर्दै चलचित्र ‘साँइली’को पोस्टर सार्वजनिक

लेन्सनेपाल २०७५ कार्तिक ३०
रिलिज डेट तय गर्दै चलचित्र ‘साँइली’को पोस्टर सार्वजनिक

चलचित्र ‘साँइली’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । चैत्र १५ गतेलाई रिलिज डेट तय गर्दै रामबाबु गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्रको पोष्टर सार्वजनिक गरिएको हो ।

सन् २०१७ को शुरुमै सार्वजनिक भएको संगीतकार कालिप्रसाद बासकोटाको गीत साईली निकै चर्चित भएपछि यसका गायक हेमन्त राना र भिडियोमा अभिनय गरेका कलाकार गौरब पहारीले साइली नामको चलचित्र निर्माण गरेका हुन । जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा  गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, केनिपा सिंह, माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा विशाल गुरुङ र मोहन राना मगर निर्माता, बिजय अवाले, विकाश पुजास, सुवेच्छा केसी सहनिर्माता र मणिराज पोखरेल कार्यकारी निर्माता रहेका छन् । यस्तै काली प्रसाद बास्कोटा र सुशान्त गौतमको संगीत, शैलेन्द्र डि कार्कीको छायाँकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।