Rumalai Chha Chino

Feature Film ActionFeb 22, 2019Hall Release

News

चलचित्र ‘रुमालै छ चिनो’को गीत सार्वजनिक

लेन्सनेपाल २०७५ माघ २७
चलचित्र ‘रुमालै छ चिनो’को गीत सार्वजनिक

चलचित्र ‘रुमालै छ चिनो’को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘आमा नबस्नु पर्खेर’ बोलको गीतमा विरही थापाको स्वर र संगीत छ भने रेशम थापाको शब्द रहेको छ । गीतमा कलाकार सुशान्त कार्की, किशोर खतिवडा र संचिता लुईंटेललाई फिचर्ड गरिएको छ ।

दिनेश सिंह ठकुरीको निर्देशन रहेको चलचित्र भारत र पाकिस्तानको युद्धमा भारतको तर्फबाट युद्ध लडेका वीर गोर्खालीको कथामा आधारित रहेको जनाइएको छ । चलचित्रमा सुशान्त, किशोर र संचिताका अलवा अप्सना थापा, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्ष्मण बिक्रम बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

ज्योती फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम प्रसाद पाण्डेको लगानी रहेको छ । चलचित्रमा रेशम थापाको कथा, अर्जुन पोखरेल र विरही थापाको संगीत, सम्राट बस्नेतको द्धन्द्व, सागर लामाको कोरियोग्राफी, बिनोद सापकोटाले छायाँकन र शिब थारुको सम्पादन रहेको छ । चलचित्र फागुन १० गतेबाट प्रदर्शनको तयारीमा छ ।