Ray
Feature Film Drama, Love StoryAug 09, 2019Hall Release
News
फ्राइडे रिलिज : ‘साईनो’, ‘रे’ र ‘काचुली’
आजबाट ३ नेपाली चलचित्रले प्रदर्शन आरम्भ गरेका छन् । फ्राइडे रिलिज अर्तगत प्रदर्शन भएका चलचित्रहरुमा ‘साईनो’, ‘रे’ र ‘काचुली’ रहेका छन् ।
कुरा चलचित्र ‘साईनो’ बाटै शुरु गरौं । बरिष्ठ अभिनेत्री भुवन चन्द थापाले निर्माण गरेको चलचित्रलाई रमेश थापाले निर्देशन गरेका हुन् ।
चलचित्रमा मिरुना मगर, राज कुमार, नीता ढुंगाना, भुवन चन्द थापा, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, बिशाल पहाडी, भिमसेन लामा, धर्मेन्द्र आचार्य, रामेश्वर बुर्लाकोटी, बसुकला मैनालीलगायतका कलाकारको अभिनय छ ।
चन्द्रविनायक फिल्म प्रोडक्सनको ब्यानर निर्माण भएको चलचित्रका कार्यकारी निर्माता शरण थापा हुन् । चलचित्रमा अभिमन्यु निरवीको लेखन, रामेश्वर कार्कीको छायाँकन, रामजी लामिछानेको कोरियोग्राफी र बनिश शाहको सम्पादन रहेको छ ।
यस्तै चलचित्र ‘रे’लाई दिनेश पौडेलले निर्देशन गरेका हुन् । चलचित्रमा दिवश धिताल, सुजता थापा, सुनिल थापा, पुर्णिमा लामा, क्रान्ति बराइली, अभि जोशी, रक्षा गुरागाईलगायतका कलाकारहरुको अभिनय रहेको छ । सगुन फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रमा राजेन्द्र त्रिपाठीको लगानी रहेको छ ।
यस्तै अर्को चलचित्र ‘काचुली’लाई शंकर अधिकारी ‘घायल’ले निर्देशन गरेका हुन् । चलचित्रमा शुभेच्छा थापा, राजन महर्जनलगायतका कलाकारको अभिनय रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





