Ranveer
Feature Film ActionFeb 01, 2019Hall Release
News
चलचित्रकर्मीले गरे ‘रणवीर’को तारिफ
चलचित्र ‘रणवीर’ले व्यवसायिक रुपमा उत्साहजनक सफलता हात नपारे पनि हेरेका दर्शक र चलचित्रकर्मीको मन जित्न सफल भएको छ ।
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रलाई पूर्वसन्ध्यामा गरिएको प्रिमियरमै उत्साहजनक प्रतिक्रिया मिलेको थियो । प्रिमियरमा हेरेका चलचित्रकर्मीहरुले मन पराईरहदा त्यसको भोलिपल्ट चलचित्र क्याप्टेनको ट्रेलर रिलिज कार्यक्रममा कलाकार सुनिल थापाले दिल खोलेरै रणवीरको प्रसंसा गरेका थिए । कलाकार थापाले रणवीर बलिउड स्तरको चलचित्र बनेको बताएका थिए । उनले चलचित्र बलिउडको ए ग्रेडको जस्तो निकै राम्रो बनेको भन्दै यस्ता चलचित्रले नेपाली चलचित्रको स्तर बढाउने जिकिर गरे ।
आइतबार भएको सेलिब्रेटी शोमा पनि चलचित्र उस्तै राम्रो प्तिक्रिया पायो । व्यवसायिक रुपमा निकै सफल चलचित्र छक्का पञ्जाकी निर्देशक, कलाकार दीपाश्री निरौलाले रणवीर हेरेपछि यसले आफ्नो मन जितेको बताइन् । चलचित्रमा समावेश एक्सन उत्कृष्ट भएको र निकै स्तरीय चलचित्र बनेको उनको भनाई छ । दीपाश्रीसँगै रणवीर हेरेका कलाकारहरु किरण केसी, शिवहरि पौडेल, सन्ध्या केसी, गौरव पहाडी, निर्देशक मिलन चाम्स, पत्रकार दिनेश सिटौलालगायतले चलचित्र उत्कृष्ट बनेको बताएका छन् ।
गोविन्द सिंह भण्डारीले लेखन निर्देशन रहेको चलचित्रमा सुशील सिटौला, प्रशान्त ताम्राकार, शुभेच्क्षा खड्का, सुपुष्पा भट्ट, टिका पहाडी, नरेश पौडेल, रवी गिरी, भोलाराज सापकोटा, हरिहर शर्मा, जीवन भट्टराई, शैलेश्वरी सिंह, जगदीश रिजाल, बसन्ती भट्टलगायतका कलाकारको अभिनय रहेको छ । दीपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले निर्माण गरेको यो चलचित्र शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



