Ranveer
Feature Film ActionFeb 01, 2019Hall Release
News
चलचित्र ‘रणवीर’को गीत सार्वजनिक
चलचित्र ‘रणवीर’को पहिलो गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो । ‘तिरीमिरी तिन तारा...’ बोलको गीतमा चलचित्रका मुख्य ३ कलाकार सुशील सिटौला, शुभेच्छा खड्का र सुपुष्पा भट्टले नृत्य गरेका छन् । सार्वजनिक गरिएको गीत लोकफ्लेवरको छ । गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ । गायनमा राजनलाई अञ्जु पन्तले साथ दिएकी छिन । गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ ।
गोविन्द सिंह भण्डारीको निर्देशन रहेको चलचित्रलाई दिपेन्द्र रेग्मी र गोमा विष्टले निर्माण गरेका हुन । चलचित्रमा प्रशान्त ताम्राकार, टिका पहाडी, नरेश पौडेल, रवी गिरी, बसन्ती भाट, शैलेश्वरी सिंह, हरिहर शर्मा, जीवन भट्टराई, भोलाराज सापकोटा, जगदिश रिजाललगायतका कलाकारको पनि अभिनय रहेको छ ।
चलचित्रमा निर्देशक भण्डारीकै कथा, पटकथा तथा संवाद, महेश पौडेको छायाँकन, चन्द्र पन्तको द्धन्द्व, गम्भिर बिष्ट र सुरेश बसेलको कोरियोग्राफी, राजनराज सिवाकोटी, हर्कुलस बस्नेत, अमित श्रेष्ठ र सुशान्त गौतमको संगीत र कृष्ण भण्डारीको सम्पादन रहेको छ । चलचित्र माघ १८ गते प्रदर्शन हुँदैछ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



