Ranveer
Feature Film ActionFeb 01, 2019Hall Release
News
‘रणवीर’को प्रिमियर शो सम्पन्न, मिल्यो उत्साहजनक प्रतिक्रिया
प्रदर्शनको पूर्वसन्ध्यामा चलचित्र ‘रणवीर’को प्रिमियर शो सम्पन्न भएको छ । राजधानीको कुमारी हलमा भव्यरुपमा सम्पन्न गरिएको प्रिमियरमा फिल्मनगरीका अधिकांस परिचित अनुहार उपस्थित थिए । उक्त शो मार्फत चलचित्रले उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ । उपस्थितहरुले चलचित्रलाई रुचाएका छन् । उनीहरुले चलचित्रको कथा, मेकिङ, कलाकारको प्रसतुति सबै पक्ष अव्वल रहेको बताएका छन् ।
प्रिमियर शोमा चलचित्र हेरेपछि कलाकारहरु सुनिल थापा, अनुप विक्रम शाही, आर्यन अधिकारी, निर्माता माधव वाग्ले, निर्माता सुदिप खड्का, लेखक प्रदीप भारद्वाज, ज्योतिष टर्न एक्टर हरिहर अधिकारी, गजित विष्ट, निर्देशक दिवाकर भट्टराई लगायतले चलचित्रको प्रसंसा गरेका छन् । यसैगरी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि चलचित्र हेरेका छन् । उनले वेरोजगार युवाको अवस्था र भ्रष्टाचारले पार्ने असरलाइ उत्कृष्ट शैलीमा देखाइएको भन्दै रणवीरको तारिफ गरेका छन् ।
गोविन्द सिंह भण्डारीको निर्देशन तथा लेखन रहेको चलचित्रमा सुशिल सिटौला, सुवेक्षा खड्का, सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, टिका पहाडी, नरेश पौडेल, रवी गिरी, भोलाराज सापकोटा, हरिहर शर्मा, जीवन भट्टराई, शैलेश्वरी सिंह, जगदीश रिजाल, बसन्ती भट्टलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा माया, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



