Ranveer
Feature Film ActionFeb 01, 2019Hall Release
News
फ्राइडे रिलज : ‘रणवीर’, ‘सयकडा दश’ र ‘गोपी’
आजबाट ३ नेपाली चलचित्रहरु प्रदर्शनमा आएका छन् । प्रदर्शनमा आएका चलचित्रहरु रणवीर एक्सन र लभ स्टोरी कथाको हो भने सय कडा दश भ्रष्ट्राचार बिरुद्धको कथा र गोपी गाइपालक कृषकको कथामा आधारित रहेको छ ।
गोविन्द सिंह भण्डारीको निर्देशन तथा लेखन रहेको चलचित्र रणवीरमा सुशिल सिटौला, सुवेक्षा खड्का, सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, टिका पहाडी, नरेश पौडेल, रवी गिरी, भोलाराज सापकोटा, हरिहर शर्मा, जीवन भट्टराई, शैलेश्वरी सिंह, जगदीश रिजाल, बसन्ती भट्टलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा माया, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । रिलिजको पूर्वसन्ध्यामा भएको प्रिमियर शोमा यो चलचित्रले उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ ।
यस्तै चलचित्र सय कडा दशलाई ‘करप्सन भर्सेस लभ’ भनिएको छ । रामशरण पाठक निर्देशित यही चलचित्रबाट कलाकार मनोज गजुरेलले चलचित्रमा डेव्यु गरेका छन् । उनका अलवा राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपानेलगायतका कलाकारहरुको अभिनय रहेको छ । निर्देशक पाठककै लेखन रहेको चलचित्रमा रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय र संजीव न्यौपानेको लगानी रहेको छ ।
यस्तै अर्को चलचित्र गोपीलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन । चलचित्रमा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, अंकित खड्का, भोला सापकोटा, प्रकाश घिमिरेलगायतका कलाकारको अभिनय रहेको छ । निर्देशन लामाकै कथा रहेको चलचित्रको पटकथा सम्बाद सामिप्यराज तिमल्सेनाले लेखेका हुन भने शैलेन्द्र डि कार्कीको छायाँकन, र निमेष श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





