Rangeli

Feature Film ActionMar 08, 2024Hall Release

News

चलचित्र 'रङ्गेली'को गीत 'घामले तारा' सार्वजनिक

लेन्सनेपाल २०८० फागुन २०
चलचित्र 'रङ्गेली'को गीत 'घामले तारा' सार्वजनिक

फागुन २५ गते रिलिज हुने नेपाली चलचित्र 'रङ्गेली'को प्रेम भावयुक्त गीत सार्वजनिक भएको छ । 'घामले तारा' बोलको गीतमा चलचित्रका प्रमुख कलाकारद्वय दयाहाङ राई र मिरुना मगरलाई फिचर्ड गरिएको छ ।

गीतमा निशान भट्टराई र अन्नु चौधरीको स्वर, हर्क साउदको शब्द रचना तथा सुशान्त गौतमको सङ्गीत रहेको छ । म्युजिक प्रोड्युसर रिकेश गुरुङ किज हुन् । युरोपको विश्व प्रतिष्ठित 'बुढापेस्ट अर्केस्ट्रा'मा यस गीतको सङ्गीत रेकर्डिङ भएको हो । नेपाली चलचित्रले पहिलो पटक यस प्रकारले गीत तयार पारेको हो ।

‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । चलचित्रमा दयाहाङको साथमा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।