Rangeli

Feature Film ActionMar 08, 2024Hall Release

News

नामकै कारण रोकियो ‘रंगेली’को सेन्सर

लेन्सनेपाल २०८० फागुन १८
नामकै कारण रोकियो ‘रंगेली’को सेन्सर

नामकै कारण चलचित्र ‘रंगेली’ केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)मा रोकिएको छ । शुक्रबार सेन्सर बोर्डले चलचित्रको नाममा आपत्ति जनाउँदै सेन्सर पासको प्रमाणपत्र दिन अस्वीकार गरेको छ ।

फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको शीर्षकको संवेदनशीलतालाई हेरेर सेन्सर बोर्ड थप छलफलमा जुटेको एक सदस्यले जनाएका छन् । बुझ्नमा आए अनुसार बोर्डले चलचित्र छायाँकन गरिएको रंगेली नगरपालिकाको सहमति पत्र खोजेको छ । शुरुमा ग्याङ्गस्टार रंगेली नाम राखिएकोमा केही समयअघि चलचित्रको नाम फेरेर ‘रंगेली’ मात्र राखिएको थियो ।

अर्जुन सुवेदीले लेखन तथा निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतका कलाकारको अभिनय रहेको छ ।

जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा कार्यकारी निर्माता रहेको चलचित्रका निर्मातामा संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ रहेका छन् । यस्तै  युवक कार्की र शिव शंकर चौलागाईं सहनिर्माता र विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् ।