Premleela

Feature Film Love StoryMar 22, 2019Hall Release

News

निर्देशकलाई लात हानेर निकाले, पैसा नभएर रिलिज डेट सारे – दिपशिखा खड्का

लेन्सनेपाल २०७५ माघ ४
निर्देशकलाई लात हानेर निकाले, पैसा नभएर रिलिज डेट सारे – दिपशिखा खड्का

निर्माता र निर्देशक बिचको लफडा नयाँ पक्कै होइन । चलचित्रमा काम गर्ने क्रममा थुप्रै निर्माता निर्देशकको लफडा चल्छ । कति चलचित्रमा निर्माता हाबी हुदा निर्देशकले चलचित्रको काम नै छोडेको खबरहरु पनि आइरहन्छन् । जे जस्तो भए पनि निर्देशक बिना चलचित्र पुर्ण हुँनै सक्दैन ।

चलचित्र निर्देशकको सोच हो, अभिव्यक्तिको माध्यम हो । त्यसैले निर्देशक बिनाको चलचित्र कल्पना सम्म गर्न सकिदैन । चलचित्रको सफलता असफलताको जस वा अपजस पनि निर्देशकलाई नै जान्छ । किनकी उ सर्जक हो । तर, चलचित्र प्रेमलिला भने निर्देशक बिनै तयार भएको छ । सुन्दै अचम्म लाग्ने निर्देशक बिना कसरी चलचित्र तयार हुन सक्छ ? यही प्रश्न चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा निर्माता समेत रहेकी अभिनेत्री दिपशिखा खड्काले सामाना गर्नुपरयो । किनकी चलचित्रको कुनै पनि प्रचार सामग्रीमा निर्देशकको नाम छैन ।

पत्रकारको प्रश्नको जवाफ दिने क्रममा उनले निर्देशक बिनानै चलचित्र बन्ने दाबी गरिन । अझ उदाहरणका रुपमा आफ्नै चलचित्रलाई देखाउँदै भनिन् – ‘किन बन्दैन बन्छनी । अब थाहा पाउनु हुनेछ प्रेमलिलाबाट निर्देशक बिना कसरी चलचित्र बन्छ भनेर ।’ तर, होइन निर्देशक बिना चलचित्र बन्नै सक्दैन । बरु निर्देशक परिवर्तन हुन सक्छ । एउटाको अनुपस्थितिमा अर्कोले पुरा गर्न सक्छ । यो चलचित्रमा पनि भएको त्यही हो । चलचित्रका निर्देशक जनक पाण्डे हुन । उनले ६५ प्रतिशत काम सकेपछि सेट छोडेको दिपशिखाको आरोप छ ।

चलचित्रको ६५ प्रतिशत छायाँकन सकेपछि निर्देशकले धोका दिएको उनको भनाई छ । त्यो बेलाबाट सम्पर्क बाहिर रहेका निर्देशक पाण्डेले अहिले सम्म पनि एक कल फोन समेत नगरेको दिपशिखाको गुनासो छ । त्यही कारण उसको नाम नराखेको दिपशिखाले बताइन । त्यसो भए निर्देशकमा उनले आफ्नै नाम किन राखिनन् त ? यो प्रश्नमा उनले आफु निर्देशकको लायक नभएकोले नराखेको जनाएकी छिन । उनले भनिन् – ‘सबैको सपोर्टमा मैले काम गरे । तर, म निर्देशक होइन । निर्देशकको लायक म छैन त कसरी नाम राखौं ।’ त्यसो त उनले पाण्डेलाई आफुले लात हानेर निकालेको समेत बताएकी छिन । आफु पीडित भएको भन्दै उनले कलाकार कम प्राबिधिक बढी भएर चलचित्रमा काम गरेको समेत जनाइन । 

हालै मात्र माघ २५ बाट फागुन १० मा चलचित्रको प्रदर्शन मिति सारिएको थियो । जसको कारण भिएफएक्सको काम नसकिएर भनिए पनि दिपशिखाले खास कुरा खोलेकी छिन । उनले चलचित्र बनाउँदै जादा पैसा सकिएको, ५० लाख भनेको बजेट १ करोड पुगेको र अहिले आफुले पैसा निकाल्न नसक्दा रिलिज डेट सार्नुपरेको जनाएकी छिन ।