Premleela

Feature Film Love StoryMar 22, 2019Hall Release

News

‘प्रेमलीला’को ट्रेलर सार्वजनिक, प्रेम, रोमान्स र बदलाको कथा

लेन्सनेपाल २०७५ माघ ३
‘प्रेमलीला’को ट्रेलर सार्वजनिक, प्रेम, रोमान्स र बदलाको कथा

चलचित्र ‘प्रेमलीला’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा प्रेम, रोमान्स र बदला सबै कुरा मिश्रित छ । चलचित्रमा एउटा केटीले प्रेममा धोका भए पश्चात गर्ने संघर्ष र बदलाको कथा उठान गरिएको अभिनेत्री दिपशिखा खड्काले बताएकी छिन । उनले यसै चलचित्रका लागि आफ्नो केश समेत मुण्डन गरेकी थिइन ।

नायिका खड्काकै कथा, पटकथा तथा संवाद रहेको चलचित्रले अन्तर्देशीय प्रेमकथा देखाएको छ । चलचित्रमा पबन गौतमको छायाँकन, चन्दन दत्त र सालिक राम दुलालको सम्पादन, महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, डा. कृष्णहरी बरालको गीत र राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ । चलचित्रको निर्देशन जनक पाण्डेले गरेका हुन् यद्यपी बिचमै चलचित्र छोडेको र बाँकी आफैले सम्हालेका कारण निर्देशकका रुपमा कसैको पनि नाम उल्लेख नगरेको दिपशिखाले बताएकी छिन ।

फैजली फिल्मस् प्रोडक्सनको ब्यानरमा दिपशिखा खड्का र नानी मैया कार्कीले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा दीपशिखाका अलवा भारतीय मोडल अली खान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तवलगायतको अभिनय रहेको छ । चलचित्र फागुन १० मा प्रदर्शन हुने जनाइएको छ ।