Premganj

Feature Film Love StoryAug 19, 2022Hall Release

News

‘प्रेमगन्ज’को ‘समय’ सार्वजनिक

लेन्सनेपाल २०७९ आषाढ २५
‘प्रेमगन्ज’को ‘समय’ सार्वजनिक

चलचित्र ‘प्रेमगन्ज’मा समाबेश ‘समय’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रेमको एउटा पाटोलाई शशक्त रुपमा प्रस्तुत गरेको गीत स्याड भर्सनमा छ । गीतमा किरण भुषालको स्वर र पुरुषोत्तम ढुङ्गेलको शब्द र संगीत रहेको छ ।

परिच्छेद सेन निर्देशित चलचित्रको गीतमा बेनिशा हमाल, तेज गिरि, राइडर प्रशन, सुप्रिया खनाललाई देख्न सकिन्छ । एउटा फरक प्रेम कथा भन्ने चलचित्रका हाल सम्म सार्वजनिक प्रचार सामग्री हेर्दा निर्देशकको कामको तारिफ भइरहेको छ ।

परिच्छेदकै लेखन रहेको चलचित्रमा सञ्जय लामाको छायाँकन रहेको छ । चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । स्पट व्यायका रूपमा लामो समय काम गरेका राजु फुयाँलको प्रस्तुति रहेको चलचित्र चलचित्र चौतारीको ब्यानरमा बनेको हो । चलचित्र भदौ ३ गतेबाट प्रदर्शन हुनेछ ।