Premganj
Feature Film Love StoryAug 19, 2022Hall Release
News
‘प्रेमगन्ज’को शीर्ष गीत सार्वजनिक
चलचित्र ‘प्रेमगन्ज’को शीर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘माथि माथि आकाशमा’ बोलको गीतमा सुगम पोख्रेल र अस्मिता अधिकारीको स्वर, पुरुषोत्तम ढुङ्गेलको शब्द, किरण भुसालको संगीत र निर्देशक परिच्छेद सेनकै कोरियोग्राफी रहेको छ ।
परिच्छेद सेन निर्देशित चलचित्रको गीतमा बेनिशा हमाल, तेज गिरि, राइडर प्रशन, सुप्रिया खनाललाई देख्न सकिन्छ । चलचित्रले दुई कालखण्डको प्रेमकथालाई प्रस्तुत गरेको छ । तेज र बेनिशाले युवा उमेरका मैनाराजाको भूमिकामा अभिनय गरेका छन भने प्रशन र सुप्रियाले टिनएजर मैनाराजाको भूमिका निर्वाह गरेका छन् ।
परिच्छेदकै लेखन रहेको चलचित्रमा सञ्जय लामाको छायाँकन रहेको छ । चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । स्पट व्यायका रूपमा लामो समय काम गरेका राजु फुयाँलको प्रस्तुति रहेको चलचित्र चलचित्र चौतारीको ब्यानरमा बनेको हो । चलचित्र भदौ ३ गतेबाट प्रदर्शन हुनेछ ।
New Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri
Next Releases (Jestha 10)
-
Pujar Sarki
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Pradeep Khadka, Paul Shah, Anjana Baraili, Parikshya Limbu -
Farki Farki
Director : Suyog Gurung
Casts : Anmol K.C., Jassita Gurung, Ravi Kafle, Samriddhi Aryal