Premganj

Feature Film Love StoryAug 19, 2022Hall Release

News

‘प्रेमगन्ज’को ‘मज्जा आउँदै छ’ सार्वजनिक

लेन्सनेपाल २०७९ श्रावन १७
‘प्रेमगन्ज’को ‘मज्जा आउँदै छ’ सार्वजनिक

चलचित्र ‘प्रेमगन्ज’को गीत ‘मज्जा आउँदै छ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतले निकै शशक्त प्रेम भाव प्रकट गरेको छ । गीतमा पुरुषोत्तम ढुङ्गेलको शब्द र किरण भुषालको स्वर र संगीत रहेको छ । परिच्छेद सेन निर्देशित चलचित्रको गीतमा सुप्रिया खनाल र राइडर प्रशन फिचर छन् । 

परिच्छेदकै लेखन रहेको चलचित्रमा तेज गिरी, बेनिशा हमाल, सम्पदा बानिया लगायतका कलाकारको पनि अभिनय रहेको छ । सञ्जय लामाको छायाँकन रहेको चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् ।

स्पट व्यायका रूपमा लामो समय काम गरेका राजु फुयाँलको प्रस्तुति रहेको चलचित्र चलचित्र चौतारीको ब्यानरमा बनेको हो । चलचित्र भदौ ३ गतेबाट प्रदर्शन हुनेछ ।