Prasad
PG 130 mins Feature Film Drama, SocialDec 07, 2018Hall Release
News
‘प्रसाद’ अष्ट्रेलियामा उच्च माग, ‘बेलायत प्रिमियर’ हुँदै
राजधानीका केही हलहरुमा पाँचौं हप्तामा प्रदर्शन भइरहेको चलचित्र ‘प्रसाद’को विदेशमा पनि प्रदर्शन जारी छ । बेलायतमा प्रसादको प्रिमियर गरिदै छ भने अमेरिका, अष्ट्रेलिया लगायत युरोपियन मुलुकहरुमा प्रसादको प्रदर्शन निरन्तर भइरहेको छ ।
नेपाल रिलिजकै दिन अष्ट्रेलिया प्रिमियर गरिएको चलचित्र प्रसादको माग उच्च भएपछि वितरक गोर्खे इन्टरटेनमेण्टले पूर्व निर्धारित शोहरु बढाएको छ । चलचित्रले चौतर्फि सकारात्मक प्रतिक्रिया पाइरहदा अष्ट्रेलियामा रहेका नेपालीहरु माझ यसको माग उच्च देखिएको हो । जसका कारण जनवरी १२ र १३ का लागि २ शो थप गरिएको छ । १२ जनवरीमा इभेण्ट सिनेमा, हस्र्टभिल सिड्नी र १३ जनवरीमा इभेण्ट सिनेमा, वरउड सिड्नीमा प्रसाद प्रदर्शन हुँदैछ ।
यस्तै जनवरी १२ मै बेलायतको अल्डरटसको प्रिन्सेस हलमा प्रसादको रेड कार्पेट प्रिमियर आयोजना गरिएको छ । प्रिमियरमा नायिका नम्रता श्रेष्ठ सहभागी हुँदैछिन ।
नम्रता श्रेष्ठ, विपिन कार्की, निश्चल बस्नेतलगायतका कलाकारको अभिनय रहेको चलचित्र प्रसादलाई दिनेश राउतले निर्देशन गरेका हुन । सुभाष थापाको निर्माण रहेको चलचित्रमा शुशिल पौडेलको लेखक, राजेश श्रेष्ठको छायाँकन, लोकेश बज्राचार्यको सम्पादन र सुभाष भुषालको संगीत रहेको छ । चलचित्र राजधानीका गुण सिनेमा, गोपीकृष्ण मुभिज, अष्टनारायण पिक्चर्समा पाँचौ हप्तामा प्रदर्शन भइरहेको छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi


