Prasad
PG 130 mins Feature Film Drama, SocialDec 07, 2018Hall Release
News
अष्ट्रेलियामा ‘प्रसाद’को सबै शो हाउसफूल, दर्शकबाट मिल्यो तारिफ नै तारिफ
नेपालमा रिलिज भएकै दिन मंसिर २१ गते अष्ट्रेलियाको सिड्नीमा पनि रिलिज गरिएको चलचित्र ‘प्रसाद’ लाई सिड्नीवासी नेपालीहरूले मन पराएका छन् । । ‘प्रसाद मिठो रहेछ, धन्यवाद चलचित्रको यूनीटलाई । प्रवासमा पनि राम्रो चलचित्र हेर्न पाइयो’, १० वर्षदेखि सिड्नीमा रहेका राजु केसीको चलचित्र हेरेपछिको प्रतिक्रिया थियो यो ।
राजुले मात्र नभई सबै दर्शकले चलचित्र प्रसादको खुलेर प्रशंसा गरेका छन् । पहिले दुई शोको लागि मात्र हल बुक गरिएकोमा दुबै शो हाउसफ़ुल भएपछि कोवाला सोलुसनले यो चलचित्रको अन्य शो पनि थप्ने भएको छ । चलचित्र कम्तीमा पनि दश शो जाने देखिएको शायन इन्टरटेनमेन्टले जानकारी दियो ।
सिड्नीमा रहेका नेपालीहरूले चलचित्रले उठान गरेको विषयको तारिफ गरेका छन् । अहिलेसम्मकै पृथक कथालाई उठाएर दर्शकहरूलाई बाँध्न सक्ने आफ्नो खुबीलाई लेखक सुशील पौडेल र निर्देशक दिनेश राउत सफल भएका छन् । एउटै धारमा सिनेमाहरू बनिरहेको अवस्थामा अलग धार र विषयमाथि लगानी गरेर जोखिम उठाएका निर्माता सुभास थापा सफल भएका छन् ।
विपिन कार्कीको सरल अनि निश्चल बस्नेतको सजिव अभिनयको साथमा नम्रता श्रेष्ठको वाह गर्नलायकको अभिनय साँच्चै उल्लेखनीय छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





