Prasad

PG 130 mins Feature Film Drama, SocialDec 07, 2018Hall Release

News

चलचित्र ‘प्रसाद’ को ट्रेलर सार्वजनिक

लेन्सनेपाल २०७५ कार्तिक १७
चलचित्र ‘प्रसाद’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘प्रसाद’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलर शुक्रवार नेपाल आइडलमार्फत् सार्वजनिक गरिएको हो । कार्यक्रममा निर्देशक दिनेश राउत र अभिनेता निश्चल बस्नेत सहभागी थिए । कार्यक्रममा बोल्दै निर्देशक राउतले निःसन्तान दम्पतिको बिचमा उत्पन्न हुने समस्याहरु चलचित्रले देखाएको बताएका छन् । 

सार्वजनिक गरिएको ट्रेलरमा विपिन कार्की र नम्रता श्रेष्ठ निःसन्तान दम्पतिको रुपमा देखिएका छन् । दम्पति बिचको प्रेम, त्याग, समर्पण अनि निःसन्तानका कारण उत्पन्न मानसिक द्वन्द्वमा ट्रेलर केन्द्रित देखिन्छ । ट्रेलरकै आधारमा भन्ने हो भने निश्चल विपिन र नम्रताको प्रेममा भिलेन बनेका छन् ।
 
चलचित्रलाई सुशील पौडेलले लेखेका हुन् । सुभाष थापा प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, लोकेश बज्रचार्यको सम्पादन, शिव बि.क.को कोरियोग्राफि, हिमाल केसीको द्वन्द्व र सुवास भुषालको संगीत रहेको छ । विकास सुवेदी एसोसियट निर्देशक हुन ।
 
मंसिर २१ गतेबाट प्रदर्शन हुने चलचित्रलाई सुभाष थापाले निर्माण गरेका हुन । चलचित्रलाई उज्जवल पौडेल, मनोज राठी र गोविन्द शाही वितरण गर्दैछन् ।