Prasad

PG 130 mins Feature Film Drama, SocialDec 07, 2018Hall Release

News

चलचित्र ‘प्रसाद’ को पोष्टर सार्वजनिक

लेन्सनेपाल २०७५ कार्तिक २१
चलचित्र ‘प्रसाद’ को पोष्टर सार्वजनिक

चलचित्र ‘प्रसाद’ को पोष्टर सार्वजनिक गरिएको छ । तिहारको अवसर पारि लक्ष्मीपुजाको दिन चलचित्रका ३ वटा पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएका ३ वटै पोष्टरमा चलचित्रका मुख्यकलाकारहरु निश्चल बस्नेत, विपिन कार्की र नम्रता श्रेष्ठलाई प्रस्तुत गरिएको छ । 

निःसन्तान दम्पतिको बिचमा उत्पन्न हुने समस्याहरुमा केन्द्रित भनिएको चलचित्र प्रसादको पोष्टरले दम्पति बिचको प्रेम, त्याग, समर्पण, निराशा, चिन्ता सबै भावहरु प्रस्तुत गरेको छ । दिनेश राउतको निर्देशन रहेको चलचित्रलाई सुशील पौडेलले लेखेका हुन् । सुदन नकर्मीले चलचित्रको पोष्टर तयार पारेका हुन ।

सुभाष थापा प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, लोकेश बज्रचार्यको सम्पादन, शिव बि.क.को कोरियोग्राफि, हिमाल केसीको द्वन्द्व र सुवास भुषालको संगीत रहेको छ । विकास सुवेदी एसोसियट निर्देशक हुन । मंसिर २१ गतेबाट प्रदर्शन हुने चलचित्रलाई सुभाष थापाले निर्माण गरेका हुन । चलचित्रलाई उज्जवल पौडेल, मनोज राठी र गोविन्द शाही वितरण गर्दैछन् ।