Prasad
PG 130 mins Feature Film Drama, SocialDec 07, 2018Hall Release
News
चर्को विवादपछि दलित नेताले हेरे ‘प्रसाद’, विवाद गर्नुको अर्थ नभएको भनाई
चलचित्र ‘प्रसाद’ले दलित समुदायको अपमान गरेको भन्दै बिरोध भइरहदा दलित नेताहरुले भने चलचित्रमा आपत्तिजनक केही कुरा नभएको बताएका छन् । दलित मुक्ति मोर्चाका अध्यक्ष तिलक परियार, नेकपाका केन्द्रिय सदस्य परशुराम रम्तेल र दलित गैर सरकारी संस्थाका वरिष्ठ उपाध्यक्ष सुशील बिश्वकर्माले चलचित्र प्रसाद हेरेपछि यसले दलित समुदायको भावना र आत्मसम्मानमा कुनै चोट नपुर्याएको जनाएका छन् । बरु प्रसादले दलित समुदायमाथि भएको उत्पीडन र जातीय विभेदलाई मौलिक रुपमा यर्थाथपरक ढंगबाट प्रस्तुत गरेको दलित नेताहरुको भनाई छ ।
राजधानीको सिभिल मलमा चलचित्र हेरेपछि दलित मुक्ति मोर्चाका अध्यक्ष परियारले उच्च जातीय अंहकारबादी सोच अझै पनि समाजमा व्याप्त रहेको बताउँदै चलचित्र प्रसादले न्याययुक्त ढंगबाट दलितको कथालाई प्रस्तुत गरेको बताए । उनले प्रसाद समाजको यर्थाथ तस्बिर बनेको भन्दै जातीय विभेदलाई राम्रो ढंगबाट प्रस्तुत गरिएको जनाएका छन् ।
यता नेकपाका नेता रम्तेलले आलोचना गर्नका लागि मात्र प्रसादलाई आलोचना गरेको जिकिर गरेका छन् । उनले विभेदयुक्त समाजको यथार्थतालाई सिर्जनात्मक ढंगले पस्किएको अर्गानिक चलचित्र बनेको भन्दै विरोध गर्नुको अर्थ नभएको बताए । चलचित्रले समाजको वास्तविक कथा र जीवन शैलीलाई राम्रोसँग प्रस्तुत गरेको उनको भनाई छ ।
दलित गैर सरकारी संस्था महासंघका उपाध्यक्ष बिश्वकर्माले समाजभित्र रहेको जातीय छुवाछूतको अवशेषलाई राम्रो भाषा शैली र कथाको माध्यमबाट चलचित्रले प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन् । मिथ्य ढंगबाट विरोध गर्नुपर्ने अवस्था नरहेको भन्दै उनले दलित समुदायका सबैले हेर्नुपर्ने चलचित्र बनेको जनाएका छन् । बिश्वकर्माले केही व्यक्तिले चलचित्रको मर्मभन्दा बाहिर गएर सामान्य ढंगबाट टिकटिप्पणी गरे पनि दलित समुदायको आँखाबाट हेर्दा चलचित्र प्रसाद सामाजिक परिर्वतनका लागि चालिएको पाइला भएको टिप्पणी गरे । उनले चलचित्रले छुवाछुत मुक्त गाँउको परिकल्पना समेत प्रस्तुत गरेको भन्दै यसले दलित समुदायको सम्मान नै गरेको बुझ्नु पर्ने जनाएका छन् । चलचित्र प्रसाद हेर्न एक दर्जन भन्दा बढी दलित आन्दोलनका अगुवा तथा नेताहरु हलमा पुगेका थिए । उनीहरु सबैले दलित समुदायको पक्षमा चलचित्र बनेको बनेको धारण राखेका छन् ।
दिनेश राउत निर्देशित चलचित्र प्रसादलाई शुशिल पौडेलले लेखेका हुन । अन्र्तजातिय विवाह, निःसन्तानको दम्पतिको पिडा लगायतका विषयमा केन्द्रित चलचित्रमा नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेतको मुख्य भुमिका रहेको छ । सुवास थापाको निर्माण रहेको चलचित्र शुक्रबारबाट तेस्रो सातामा प्रदर्शन भइरहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





