Prasad

PG 130 mins Feature Film Drama, SocialDec 07, 2018Hall Release

News

बाह्र चलचित्रलाई ‘ब्लकबस्टर फिल्म अवार्ड’

लेन्सनेपाल २०७५ चैत्र २९
बाह्र चलचित्रलाई ‘ब्लकबस्टर फिल्म अवार्ड’

बक्स अफिस फिल्मी क्लब नेपालको आयोजनामा ‘ब्लकबस्टर नेपाली फिल्म अवार्ड–०७५’ सम्पन्न भएको छ । चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा भएको अवार्ड समारोहमा ०७५ सालमा प्रदर्शन भएका बाह्र चलचित्रलाई ब्लकबस्टर अवार्ड प्रदान गरिएको छ ।

चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ०७५ सालमा प्रदर्शन भएका बाह्र फिल्मका निर्मातालाई सम्मान तथा तीन चलचित्र पत्रकारलाई अग्रज सुवेदी चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

गत वर्षको अन्त्यमा प्रदर्शन आएको चलचित्र देखि गत शुक्रबार सम्म प्रदर्शनमा आएका चलचित्र मध्ये बाह्र चलचित्रलाई अवार्ड प्रदान गरिएको आयोजक संस्थाका प्रमुख आरके सुवेदीले जनाएका छन् । उक्त अवसरमा ०७५ सालमा प्रदर्शन भएका लिलीबिली, भैरे, बोबी, कायरा, नाइ नभन्नु ल–५, रामकहानी, इन्टमिन्टु लन्डनमा, छक्कापन्जा–३, जयभोले, चंगा चेट, प्रसाद, र क्याप्टेनलाई सम्मान गरिएको छ । चलचित्रको व्यापार, चर्चा र दर्शकको रुचीअनुसार एक दर्जन चलचित्रलाई अवार्ड प्रदान गरिएको सुबेदीले जनाएका छन् । यस्तै सो अवसरमा नगद ११ हजार एक सय ११  रुपैयाँ नगद र ट्रफीसहित पत्रकारहरु लक्ष्मण सुवेदी, डब्बु क्षेत्री र सबी कार्कीलाई ‘अग्रज सुवेदी चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।