Prasad
PG 130 mins Feature Film Drama, SocialDec 07, 2018Hall Release
News
बिक्रम बरालले स्वरमा ‘प्रसाद’को गीत रेकर्ड
नेपाल आइडलका उत्कृष्ट ७ प्रतिष्पर्धी मध्येका बिक्रम बरालले चलचित्र ‘प्रसाद’का लागि गीत रेकर्ड गरेका छन् । बिहिबार प्रसादका लागि बिक्रमको स्वरमा गीत रेकर्ड गरिएको हो । गीत रेकर्डसँगै बिक्रमले आफ्नो करियरको पहिलो व्यवसायिक गीत भएको भन्दै खुशी व्यक्त गरेका छन् । उनले यो गीतले आफ्नो सांंगीतिक यात्रामा महत्वपूर्ण अर्थ राख्ने समेत बताएका छन् ।
मंसिर २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको यो तेस्रो गीत हो । गीतमा सुवास भुषालको शब्द तथा संगीत रहेको छ । निर्देशक दिनेश राउतका अनुसार यो गीत चलचित्रमा प्लेव्याक म्युजिकको रुपमा प्रयोग गरिने छ । उनका अनुसार यो गीत दर्शकले सिधै चलचित्र घरमा मात्रै हेर्न पाउने छन् । गीत रेकर्ड अघि निर्माता सुभाष थापाले बिक्रम बराललाई पारिश्रमिक प्रदान गरेका थिए । उनका अनुसार एउटा प्रोफेसनल गायकलाई दिने बराबरकै पारिश्रमिक बिक्रमलाई दिएको छ ।
निःसन्तान दम्पत्तीको कथामा निर्माण भएको चलचित्रलाई सुशील पौडेलले लेखेका हुन् भने विकास सुबेदी एसोसियट निर्देशक हुन । चलचित्रमा नम्रता श्रेष्ठ, विपिन कार्की, निश्चल बस्नेतलगायतका कलाकारको अभिनय रहेको छ ।
New Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri
Next Releases (Jestha 10)
-
Pujar Sarki
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Pradeep Khadka, Paul Shah, Anjana Baraili, Parikshya Limbu -
Farki Farki
Director : Suyog Gurung
Casts : Anmol K.C., Jassita Gurung, Ravi Kafle, Samriddhi Aryal