Prasad
PG 130 mins Feature Film Drama, SocialDec 07, 2018Hall Release
News
नेपाल आइडलका बिक्रम बरालले गाउने भए ‘प्रसाद’को गीत
मंसिर २१ गतेबाट प्रदर्शनमा आउने प्रतिक्षित चलचित्र ‘प्रसाद’को तेस्रो गीत ‘नेपाल आइडल सिजन २’का प्रतिस्पर्धी विक्रम बरालले गाउँने भएका छन् । चलचित्रमा समावेश दुई गीत ‘बनकी चरी’ र ‘लै लै’ले दर्शकबाट उत्कष्ट प्रतिक्रिया पाइरहेका बेला निर्माण टिमले अर्को गीत विक्रम बरालको स्वरमा रेर्कड गराउने भएको छ ।
नेपाल आइडलका प्रतिष्पर्धी मध्ये निकै प्रसंसा बटुलिरहेका पोखराका बिक्रम बराललाई उपहार स्वरुप चलचित्रको गीत गाउने अवसर प्रदान गरिएको निर्माण टिमले जनाएको छ । नेपाल आइडलको मञ्चमा पुगेका निर्माता सुभाष थापाले जसले आफुहरुको मन जितेको छ त्यो प्रतिष्पर्धी मध्ये एकलाई व्यवसायिक गायनको शुरुवात गराउने उद्घोष गरेका थिए । सँगै रहेका निर्देशक दिनेश राउतले आइडलका सबै प्रतिष्पर्धी उत्कृष्ट रहेपनि आफ्नो गीतमा बिक्रमको स्वर फिट हुने भएकोले उनलाई छानेको बताएका छन् ।
चलचित्रका सबै गीतमा सुवास भुषालको संगीत छ । सुवास थापाको निर्माण रहेको चलचित्रमा सुशिल पौडेलको लेखन, राजेश श्रेष्ठको छायाँकन र लोकेश बज्राचार्यको सम्पादन रहेको छ । चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत, बसुन्धरा भुषाललगायतका कलाकारको अभिनय रहेको छ ।
नेपाल आइडलसँग सहकार्य गरेको चलचित्र प्रसाद आइडलको मुभि पार्टनर रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





