Prasad
PG 130 mins Feature Film Drama, SocialDec 07, 2018Hall Release
News
विक्रमको पहिलो गीत ‘प्रसाद’को ‘क्यारी बाचम्ला’ सार्वजनिक
दोस्रो सातामा पनि उत्साहजनक व्यापार गरिरहेको चलचित्र ‘प्रसाद’को तेस्रो गीत सार्वजनिक गरिएको छ । नेपाल आइडलका फाइनलिष्ट बिक्रम बरालको स्वरमा रहेको ‘बरै क्यारी बाँचौंला...’ बोलको गीत शनिबार सार्वजनिक गरिएको हो । गीतमा सुवास भुषालको शव्द र संगीत रहेको छ ।
गीत चलचित्रमा पाश्र्वसंगीतका रुपमा प्रयोग गरिएको छ । सार्वजनिक भिडियोमा दम्पतिको जीवनको उतार चढावलार्इ देखाइएको छ । दम्पतिका रुपमा अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठले अभिनय गरेका छन् । उनीहरुका अलवा चलचित्रमा निश्चल बस्नेतको पनि मुख्य भुमिका रहेको छ ।
निःसन्तान दाम्पतीको कथाव्यथा समेटिएको चलचित्रमा यो गीतले कथा बोकेको छ । कथाको मर्म अनुसार गीतलार्इ प्रयोग गरिएको छ । प्रदर्शनको पहिलो सातामा २ करोड बढीको ग्रस विजनेश गरेको चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । चलचित्रकर्मीहरुबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको चलचित्रलाई समीक्षकहरुले समेत उत्कृष्ट भनेका छन् । दिनेश राउत निर्देशित चलचित्रलाई सुभाष थापाले निर्माण गरेका हुन । चलचित्रलाई पत्रकार सुशील पौडेलले लेखेका हुन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire







