Prakash
120 mins Feature Film Social DramaAug 26, 2022Hall Release
News
चलचित्र ‘प्रकाश’ले उठाएको बर्गिय बिभेद राजेन्द्र लिङ्देनको एजेण्डासँग कति नजिक
बर्गिय बिभेदको मुद्धा उठाएको चलचित्र ‘प्रकाश’ यतिबेला हलहरुमा प्रदर्शन भइरहेको छ । चलचित्रको विषय वस्तुलाई लिएर यतिबेला राजनीतिक बृत्तमा समेत तरङ फैलन थालेको छ । जसका कारण विभिन्न राजनीतिक दलका नेताहरुले चलचित्र हेरिरहेका छन् ।
शैक्षिक संस्थामा हुने राजनीति, वेपत्ता परिवारको अवस्था र कोटा प्रणाली माथी चलचित्र खरो रुपमा उत्रिएको छ । जुम्लाको जनजीवन र परिवेशलाई चलचित्रले टपक्कै टिपेको छ । खासगरि वर्गिय विभेदको मुद्धा चलचित्रमा पेचिलोसँग देखाएको छ ।
विगत देखि नै वर्गिय विभेदको मुद्धा उठाउँदै आएका नेता हुन् राजेन्द्र लिङदेन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनले बुधबार चलचित्र ‘प्रकाश’ हेरेका छन् । चलचित्र हेरेपछि उनले आफुले बिगत ७ वर्ष देखि उठाउँदै आएको वर्गिय विभेदकै मुद्धामा चलचित्र ‘प्रकाश’ खरो रुपमा उत्रिएको बताएका छन् । बुधबार राजधानीको दरबारमार्ग सिनेप्लेक्समा चलचित्र हेरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै लिङ्देनले यस्तो बताएका हुन् ।
भनिन्छ नेताले घण्टौं लामो भाषण गरेर जनतालाई बुझाउन नसकेका कयौं विषयहरु चलचित्रले केही समयमा नै मन र मस्तिकमा गहिरो छाप पर्ने गरि भन्न सक्छ । सायद लिङदेनलाई पनि चलचित्र हेरेपछि यस्तै महशुस भएर होला ‘प्रकाश’ले उठाएको विषय वस्तुको उनले मुक्त कण्ठले प्रसंसा गरे । राज्यले जनतालाई दिने सेवा सुबिधा जातको आधारमा नभई वर्गका आधारमा हुनुपर्छ भन्दै उनले राज्यले गरिवलाई संरक्षण गर्नु पर्छ भन्ने कुरा आफुले उठाउँदै आएको र ‘प्रकाश’ले पनि यही कुरा देखाउन खोजेको बताए । आफ्नो राजनीतिक एजेण्डासँग चलचित्रको विषयवस्तु नजिक पाएका लिङ्देनले चलचित्रमा देखाए झै अहिलेको राज्य ब्यवस्थाले नजानिदो हिसावले बर्गिय बिभेदलाई प्रोत्साहन गरिरहेको आरोप समेत लगाए । आफुले निरन्तर रुपमा जुन कुरा विरुद्ध आवाज उठाउँदै आएको हो चलचित्रले पनि त्यही मुद्धा उठाएको भन्दै उनले अहिलेको समाज कस्तो छ त्यसलाई चित्रण गर्न ‘प्रकाश’ एकदम सफल भएको जनाए ।
नेपाली राजनीतिको बिकृतिको मार ‘प्रकाश’ जस्तै हाम्रो समजका ब्यक्तिहरुले खेप्नु परेको भन्दै लिङ्देनले भने – यो फिल्म आम जनताले त हेर्नै पर्ने छ, त्यो भन्दा बेसी अहिलेको वर्तमान समयको नेतृत्व गरिरहेको छु भन्ने राजनैतिक दलहरुको नेताहरुले, राजनितिक कार्यकर्ताहरुले हेर्नुपर्छ ।
दिनेश राउत निर्देशित चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । बिकास सुबेदीको लेखन रहेको चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



