Prakash

120 mins Feature Film Social DramaAug 26, 2022Hall Release

News

६ शहरमा ‘प्रकाश’को प्रमोशनल कार्यक्रम, कमेडियनहरुको पनि सहभागिता रहने

लेन्सनेपाल २०७९ आषाढ ३०
६ शहरमा ‘प्रकाश’को प्रमोशनल कार्यक्रम, कमेडियनहरुको पनि सहभागिता रहने

प्रचारलाई आक्रामक बनाउँदै लगेको चलचित्र ‘प्रकाश’ले देशका ६ शहरमा प्रमोशनल कार्यक्रम गर्ने भएको छ ।

युवा पुस्ताका चर्चित कमेडियनहरुको साथमा हुने प्रमोशनल टुर असार ३१ गते चितवनको भरतपुरबाट शुरु भई भाद्र ५ गते काठमाडौंमा आइ टुङ्गिने छ । निर्माण पक्षले दिएको जानकारी अनुसार असार ३१ र ३२ गते चितवनको भरतपुर, श्रावण ६ र ७ बुटवल, श्रावण १३ र १४ पोखरा, श्रावण २० र २१ बिराटनगर, श्रावण २७ र २८ हेटौडाँमा र भाद्र ३, ४ र ५ गते काठमाडौंमा कार्यक्रम आयोजना हुनेछ ।

भाद्र १० गते प्रदर्शनमा आउने चलचित्रले प्रमोशनल कार्यक्रमका लागि बटुवा कमेडी र कमेडी टुकटुकसंग सहकार्य गरेको हो । ‘टेबल मुनीबाट’ नाम दिइएको प्रमोशनल कार्यक्रममा चलचित्रका नायक प्रदिप खड्का सहित अन्य कलाकार र केमेडियनहरु आदर्श मिश्रा, आयुस श्रेष्ठ, एलेन जंग राणा, आशिष घिमिरे र पुजन अधिकारी सहभागी हुनेछन् भने काठमाडौंमा अन्य कलाकारहरु पनि सहभागी हुने जनाइएको छ ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको चलचित्रमा बिकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।