Prakash

120 mins Feature Film Social DramaAug 26, 2022Hall Release

News

पिडा मिश्रित ‘प्रकाश’को गीत ‘क्या बाँचौला’

लेन्सनेपाल २०७९ भाद्र ९
पिडा मिश्रित ‘प्रकाश’को गीत ‘क्या बाँचौला’

भाद्र १० गतेबाट प्रदर्शन हुने बहुप्रतिक्षित चलचित्र ‘प्रकाश’मा समाबेश ‘क्या बाँचौला’ बोलको गीत सार्वजनिक गरिएको छ । निकै मार्मिक शब्दहरु समाबेश भएको गीतलाई गणेश शाहीले लेखेका हुन् भने तारा प्रकाश लिम्बुको संगीत र केतन क्षेत्रीको स्वर रहेको छ ।

मुख्य अभिनेता प्रदिप खड्का र अभिनेत्री दिया मास्केका चल अचल दृष्यहरु समावेश गरिएको गीतका शब्द, संगीत र स्वरले सहजै मानिसको मनलाई छुन्छ ।
निर्देशक दिनेश राउतले आफ्नो प्ले गर्ने इमोशनल जर्निलाई यो चलचित्रमा पनि कायम राखेका छन् भन्ने यो गीतले स्पष्ट पारेको छ । कुशको शब बनाएर बेपत्ता बुबाको अन्तिम संस्कार गरेको परिवारको वियोगान्तमक अवस्था गीतले चित्रण गरेको छ । एकातिर बेपत्ता बुबाको अन्तिम संस्कार अर्को तिर प्रेम बियोग गीतमा देखाइएको छ ।

चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको छ । चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । बिकास सुबेदीको लेखन रहेको चलचित्र यतिबेलाको बहुप्रतिक्षित चलचित्र हो ।

चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।