Prakash

120 mins Feature Film Social DramaAug 26, 2022Hall Release

News

जुम्लामा ‘प्रकाश’को वल्र्ड प्रिमियर सम्पन्न, स्थानियले भन्छन् हाम्रै कथा रहेछ

लेन्सनेपाल २०७९ भाद्र ६
जुम्लामा ‘प्रकाश’को वल्र्ड प्रिमियर सम्पन्न, स्थानियले भन्छन्  हाम्रै कथा रहेछ

चलचित्र ‘प्रकाश’को वल्र्ड प्रिमियर सम्पन्न भएको छ । जुम्लाको दुर्गम गाँउ तिर्खुमा चलचित्रको बल्र्ड प्रिमियर सम्पन्न भएको हो ।

भाद्र १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको आइतबार साँझ पातारासी गाँउपालकाको तिर्खु गाँउमा अवस्थित ऋणमोक्ष माध्यमिक बिद्यालयको परिषरमा प्रिमियर गरिएको हो ।

चलचित्र हल समेत नभएको उक्त गाँउमा प्रोजेक्टर बाट चलचित्र प्रदर्शन गरिएको हो । बिजुली समेत नभएका कारण चलचित्र टिमले प्रिमियरका लागि जेनेरेटर समेत आफैले लिएर गएको थियो । प्रिमियरमा चलचित्रका नायक प्रदिप खड्का र लेखक बिकास सुबेदी सहभागी भएका थिए । दुबैलाई स्थानिय बासिले झाकि सहित स्थानिय संस्कार अनुसार फुलमाला र फेदा लगाएर स्वागत गरेका थिए ।

४५ दिन सम्म तिर्खु गाँउमा नै चलचित्र छायाँकन गरिएको हो । निर्देशक दिनेश राउतले जुम्लाको भाषा, संस्कृति, रहन सहन, रितिरिवाजका माध्यमबाट कथा भनिएका कारण पहिलो दर्शकका रुपमा त्यहीका स्थानिय जनता माझ चलचित्रको प्रिमियर गरिएको जनाएका छन् । प्रिमियरमा चलचित्र हेरेका स्थानिय बासिले चलचित्रलाई निकै मन पराएको प्रतिक्रिया दिएका छन् । उनीहरुले आफ्नै भोगाई चलचित्रमा हेर्न पाएको भन्दै खुशी ब्यक्त गरे । जुम्लालाई टपक्कै टिपेर चलचित्रमा देखाएको भन्दै स्थानिय बासिन्दाले चलचित्रको मुक्त कण्ठले प्रसंसा गरेका छन् । प्रिमियर पछि एक स्थानियले चलचित्र हेर्दै गर्दा आफ्नै भाइ–छोरा, छोरी, आमालाई नै पर्दामा देखेको जस्तो अनुभुति भएको प्रतिक्रिया दिए ।

धेरै स्थानिय बासिन्दाले आफुहरुले भोग्दै आएको वर्ग विभेद चलचित्रमा प्रष्टसँग देख्न पाइएको पनि बताएका छन् । राज्यबाट उपेक्षित हुनु परेको भन्दै उनीहरुले आफुहरुको वास्तविक जीवन शैली बुझ्न पनि चलचित्र हेरिदिन आग्रह गरेका छन् ।
प्रिमियरमा स्थानिय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो । बिद्यालय परिसरमा प्रोजेक्टर बाट चलचित्र देखाइएका कारण स्थानियहरु भुईमै बसेर चलचित्र हेरेका थिए ।

स्थानियको प्रतिक्रिया पछि चलचित्रका नायक प्रदिप खड्काले ‘प्रकाश’को प्रिमियर आफ्ना लागि सम्झन योग्य क्षण भएको बताएका छन् । स्थानियको मायाले पुकलित बनेका प्रदिप चलचित्रका प्रति प्राप्त प्रतिक्रियाले उत्साहित छन् । आफुले ‘प्रकाश’मा काम गर्दै गर्दा सोच्दै नसोचेको माया र प्रतिक्रिया स्थानियबाट प्राप्त गरेको उनको भनाई छ । स्थानियहरुले हाम्रै भाई छोरा जस्तो देखिएका छौं भनि दिएको प्रतिक्रियाले आफुले गरेको पात्रले सार्थकता पाएको उनको बुझाई छ ।

यता लेखक बिकास सुबेदी पनि निकै उत्साहित देखिए । उनले आफुले जे सोच अनुरुप चलचित्र लेखेको हो स्थानियले चलचित्र हेरेर सोही अनुसारको प्रतिक्रिया दिएको बताए । हाम्रो कुरा भन्ने कोही त रहेछ भनेर उहाँहरुले देखाउनु भएको आफ्नो पन नै चलचित्रको सफलता भएको उनको बुझाई छ । स्थानिय बासिन्दाले आफ्नो भोगाई दुरुस्तै पर्दामा उतारेको भन्दै प्रसंसा गरेका छन् ।

दिनेश राउत निर्देशित चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको छ । चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । बिकास सुबेदीको लेखन रहेको चलचित्र यतिबेलाको बहुप्रतिक्षित चलचित्र हो ।

चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

शुक्रबार बाट प्रदर्शन हुने चलचित्रले बुधबार काठमाडौं प्रिमियरको आयोजना गरेको छ ।