Prakash
120 mins Feature Film Social DramaAug 26, 2022Hall Release
News
ज्ञानेन्द्र शाही भन्छन् – ‘प्रकाश’ अरुको लागि कथामात्र होला हामी जुम्लीको यथार्थ हो
केही वर्ष अघि सम्म काठमाडौंको चोभार, पोखरा, चितवन आसपासमा केन्द्रित चलचित्रको छायाँकन अहिले देशका कुना काप्चा पुग्न थालेको छ । चलचित्रकर्मीहरुले कथा भन्दै गर्दा नेपाली परिवेशलाई पृष्ठभूमिमा शशक्त रुपले राख्न थालेका छन् । यसको एउटा उदाहरण हो चलचित्र ‘प्रकाश’ ।
दिनेश राउत निर्देशित ‘प्रकाश’को सम्पूर्ण छायाँकन जुम्लामा गरिएको हो । जुम्लाकै परिवेशमा एक युवाको शिक्षक बन्ने सपना र संघर्षको कथा चलचित्रले भनेको छ । यो चलचित्र यतिबेला हलहरुमा प्रदर्शरत् छ । चलचित्र हेरेका दर्शकहरुले मुक्त कण्ठले प्रसंसा गरिरहेका छन् । काठमाडौंले जुम्लाको कथालाई स्वीकार गरेको छ । सामाजिक सञ्जाल मार्फत चलचित्र बारेको प्रतिक्रिया हरेक दर्शकबाट सहजै देखिएका छ । दर्शकहरुले चवलचित्रलाई अब्बल भनिरहेका छन् । चलचित्रको कथा, अभिनय लगायतका बिबिध पक्षहरुमा दर्शकहरुले प्रकाशलाई उच्च रेटिङ दिइरहेका छन् ।
जुम्लाकै स्थानिय बासिन्दाहरुले पनि चलचित्रलाई मन पाराएका छन् । आफ्नो कथा न्यायपूर्वक भनेको उनीहरुको प्रतिक्रिया छ । केही व्यक्तिहरुले चलचित्रले जुम्लाको दुःख मात्र देखाएको भनेर प्रश्न गरिरहदा सामाजिक अभियन्ता तथा युवा नेता ज्ञानेन्द्र शाही काठमाडौं बासीलाई ‘प्रकाश’को विषयवस्तु एउटा कथा मात्र लागे पनि आफुहरुको यथार्थ भोगाई भएको बताउँछन् । जुम्ला स्थायि घर भएका शाहीले ‘प्रकाश’ जुम्लाको प्रतिबिम्ब भएको बताए । यतिबेला ‘प्रकाश’ र जुम्ला एक अर्काका प्रायवाचि बनेको समेत शाहीको भनाई छ । शाहीले ‘प्रकाश’ले देश विदेशमा जुम्लालाई चिनाएको भन्दै यसले जुम्लाको पर्यटनलाई पनि अघि बढाउने जनाए ।
शनिबार साँझ काठमाडौंमा रहेका जुम्लाका दर्शकहरु सहित चलचित्र हेर्न पुगेका शाहीले खस भाषामा बनेकै कारण ‘प्रकाश’लाई शो नदिएर केही सुकिला मुकिलाहरुले जुम्लालाई हेपेको बताएका छन् । तर, आफुहरु समेत प्रतिकार पछि यतिबेला उच्च शो दिएको र प्राप्त सबै शोमा दर्शकहरुको उल्लेख्य उपस्थिति देख्दा खुशी लागेको उनले जनाए । आफु बिभिन्न हलहरुमा पुगेको भन्दै उनले ‘प्रकाश’को रेटिङ उच्च रहेको, दर्शकको प्रतिक्रिया राम्रो पाएको र बेलुकै सम्मका शोहरु हाउसफूल पाएको बताएका छन् । उनले चलचित्रको ब्यापार समेत उच्च रहेको भन्दै ‘प्रकाश’बाट बिदेशी चलचित्रले समेत सिक्नु पर्ने जनाएका छन् । बगेको नदि छेकिदैन भन्दै उनले अब कसैले पनि ‘प्रकाश’लाई पनि छेक्न नसक्ने जनाए ।
महेन्द्र अधिकारीको निर्माण रहेको चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको छ । विकास सुबेदीको लेखन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



